Widgets

Home » , » बिग बोसमा मनिषा कोइराला, पुनम पाण्डे र बाबा रामदेव पनि ???

बिग बोसमा मनिषा कोइराला, पुनम पाण्डे र बाबा रामदेव पनि ???

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सलमान खानले संचालन गर्ने चर्चित रियालिटी टेलिभिजन शो को सातौँ संस्करणमा नेपाली बलिउड नायिका मनिषा कोइरालाले भाग लिने समाचार सार्वजनिक भएको छ । विभिन्न भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस सेभेनमा सहभागी हुने प्रतिस्पर्धीमा मनिषा त छन् नै अरु केही चर्चित पात्रहरु पनि छन् । भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस ७ मा मनिषा कोइराला मात्र हुनेछैनिन् बाबा रामदेव तथा पुनम पाण्डे समेत हुनेछन् ।
बिग बोसको सातौँ संस्करणमा क्रिकेटर युवराज सिंह, हरभजन सिंह समेतले प्रतिस्पर्धा गर्ने बताइएको छ । साथै सुरज पञ्चोली, धर्मेन्द्र, पुजा मलिक, अमिषा पटेल लगायत पनि बिग बोसको घरमा छिर्ने समाचार सार्वजनिक भएको छ । तथापि हरभजन सिंहले भने टि्वटर मार्फत आफु बिग बोसमा सहभागी हुन लागेको समाचार सत्य नभएको बताएका छन् । बिगबोसमा उल्लेखित नामहरु सहभागी हुने पक्का भएको विभिन्न भारतीय संचार माध्यमहरुले जनाएका भएपनि बिग बोसको आधिकारिक वेबसाइटमा भने यसबारेमा केहीपनि उल्लेख गरिएको छैन । तरपनि बिग बोसको प्रोमो भने सार्वजनिक भैसकेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger