Widgets

Home » , » ‘तक्मे बुढा’को युट्युब आतंक

‘तक्मे बुढा’को युट्युब आतंक

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
‘तक्मे बुढा’ अर्थात विल्सन विक्रम राई यतिबेला चर्चामा छन् । हालै मात्र मलेसियामा आयोजना भएको ‘एभरेष्ट कन्र्सट’मा भाग लिएर मंगलबार नेपाल फर्किएका विल्सनको प्रस्तुतीलाई दर्शकले खुबै मनपराए । तर उनै कलाकार राईलाई सामाजिक संजाल युट्युवसँग भने खुबै डर लाग्दो रहेछ । मलेसियाका विभिन्न शहरमा आयोजना भएको कार्यक्रममा तक्मेले युट्युव र फेसबुकका कुरा पनि धेरै गरेका थिए ।उनलाई यो चर्चित सामाजिक संजालसँग यति धेरै डर लाग्नुको पछाडी पनि आफ्नै कारण रहेछ । विशेषगरी हाँस्य कलाकार भैसकेपछि प्रस्तुत गर्ने प्रस्तुतीलाई दर्शकहरुले मोबाइलबाट खिचेर भिडियो बनाइदिदा यसले पार्ने प्रभाव धेरै नै हुने उनको तर्क छ । तक्मेले रमाइलो शैलीमा भिडियो खिचिरहेका दर्शकहरुलाई भन्थे, ‘कृपया मोबाइलले भिडियो नखिचिदिनुहोला, मैले प्रस्तुत गर्ने प्रस्तुतीहरु कही कतै दोहोरिन पनि सक्छन्, दर्शकले एक ठाउँमा देखेको प्रस्तुतीलाई युट्युबमा नै हेरे भने यसले आफूहरुलाई प्रभाव पार्छ ।’
हाँस्यकलाकारहरुको प्रस्तुती उनीहरुको श्रृजना भएकोले यसलाई सामाजिक संजालमा हालेर उनीहरुलाई अप्ठ्यारोमा पार्न नहुने सन्देश समेत तक्मेले दिएका थिए । तक्मेको यस्तो सन्देशलाई दर्शकहरुले पनि ताली बजाएर स्वागत गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger