Widgets

Home » , » झमकसहित ४ लाई युवा प्रतिभा

झमकसहित ४ लाई युवा प्रतिभा

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Prize

काठमाडौ, साहित्यकार झमक घिमिरेसहित ४ जनालाई सरकारले २०६९ सालको 'राष्ट्रिय युवा प्रतिभा पुरस्कार' प्रदान गरेको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले घिमिरेसँगै राधा पौडेल, वेदप्रसाद सापकोटा र सञ्जोग आचार्यलाई जनही १ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरेका हुन् । १ लाख राशिकै संस्थागत पुरस्कार राष्ट्रिय युवा सेवा कोषले पाएको छ । धनकुटाकी घिमिरे २०५३ देखि साहित्य सिर्जनामा लागेकी हुन् । उनको कविता, लेख, कथा, निबन्ध संग्रह, आत्मकथालगायत ११ वटा कृति प्रकाशित भइसकेका छन् । उनी कान्तिपुरकी 'आफ्नै परिवेश' स्तम्भकी स्तम्भकार हुन् । चितवन भरतपुरकी राधा पौडेलले सरकारी स्टाफ नर्सको जागिर छाडेर जुम्लामा करिब २ दशकदेखि सामाजिक कार्यकर्ताका रूपमा काम गर्दै आएकी छन् । चितवन भरतपुरका वेदप्रसाद सापकोटा ८ वर्षदेखि व्यावसायिक रूपमा आर्गानिक आलुखेती र पशुपालन र गर्दै आएका छन् । उनले विद्यार्थीहरूलाई छात्रवृत्ति तथा तालिम अवसर प्रदान गरेका छन् । राष्ट्रिय युवा सेवा कोष, बबरमहलले भने साहित्य, संगीत र कला क्षेत्रमा लागेर उत्कृष्ट कार्य गर्दै आएको छ । रेग्मीले देशमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै भने, 'अहिलेको सरकारको लक्ष्य संविधानसभाको चुनाव गराउनु हो । त्यसैले सबै युवा वर्गलाई चुनावलाई सफल पार्नका लागि सहयोग गर्न अनुरोध गर्दछु ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger