Widgets

Home » , » चिकित्सा विद्यार्थीद्वारा बहिरंग विभाग ठप्प नोबेल मेडिकल कलेज

चिकित्सा विद्यार्थीद्वारा बहिरंग विभाग ठप्प नोबेल मेडिकल कलेज

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कलेजको लापर्वाहीका कारण नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षा दिनबाट बञ्चित विराटनगरस्थित नोबेल मेडिकल कलेजका आन्दोलनरत चिकित्सा विद्यार्थी मंगलबार धर्नामा बस्दै । तस्बिरः कान्तिपुर

विराटनगर, श्रावण २९ - कलेजको लापर्वाहीका कारण नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षा दिन बञ्चित चिकित्सा विद्यार्थीले नोबेल मेडिकल कलेजको बहिरंग (ओपिडी) विभाग दुई दिनदेखि ठप्प पारेका छन् । आफूहरुले न्याय पाउनुपर्ने भन्दै उनीहरु बहिरंग विभागको प्रवेशद्वारमा धर्नामा बसेका छन् । धर्नाका कारण सेवा प्रभावित बनेको छ । आन्दोलनरत विद्यार्थीले साताअघि कलेजको प्रशासन विभागमा गरेको तालावन्दी कायमै छ । विद्यार्थीले वहिरंग विभागको मूलद्वारमा तालाबन्दी गर्ने प्रयास गर्दा सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि विद्यार्थीहरु कलेज व्यवस्थापनविरुद्ध नारावाजी गर्दै धर्नामा बसेका हुन् । सोमबार बहिरंग विभागको मुलद्धारामा विद्यार्थीले मध्याह्नसम्म तालावन्दी गरेका थिए । अपरान्ह ताला खुला गरेर स्थानीय प्रशासनको रोहवरमा वार्ता गर्न विद्यार्थी गए पनि कलेज व्यवस्थापन समितिका कोही पदाधिकारी वार्तामा नगएपछि आन्दोलनरत विद्यार्थी आक्रोशित बनेका हुन् । एमबीबीइएस उत्तीर्ण गरेका ६१ चिकित्सा विद्यार्थीले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि भरेको फाराम कलेजले समयमा काउन्सिलमा नबुझाई दिँदा उनीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन् । कलेज प्रशासनले फाराम समयमा बुझाउन नसकेको स्वीकारेको छ । यसैबीच, आन्दोलनरत विद्यार्थीले कलेज प्रशासनले केही उच्छृंखल युवा प्रयोग गरेर आफूहरुलाई धम्क्याइएको दावी गरेका छन् । 'माग पूरा गर्नुको साटो उल्टै धम्क्याउने काम भइरहेको छ' धर्नामा बसेका एक विद्यार्थीले भने, 'कलेजमा गुन्डागर्दी पनि रोकिनुपर्छ भन्ने हाम्रो माग हो ।' सम्भावित तनावको अवस्थालाई ध्यान दिंदै कलेज परिसरमा प्रहरीहरु तैनाथ गरिएको छ । कलेजका प्रबन्ध निर्देशक सुनील शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन् । उनीसँग अख्तियारले कलेजको आर्थिक स्रोतका बारेमा सोधपुछ गरिरहेको छ । कलेज प्रशासनले भने शर्माको उपस्थितिबिना आन्दोलनरत विद्यार्थीका मागप्रति केही गर्न नसक्ने बताउँदै आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger