Widgets

Home » , » अबैध बालगृहबाट ५ बालबालिकाको उद्धार

अबैध बालगृहबाट ५ बालबालिकाको उद्धार

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Pokhara

पोखरा, श्रावण २९ - पोखरा-१५ नयाँगाउँस्थित अबैधरुपमा संचालित एक बालगृहबाट ५ बालबालिकाको मंगलबार उद्धार गरिएको छ । असहाय तथा दृष्टिविहिन संरक्षण केन्द्र नेपालको नामबाट संचालित बालगृहबाट जिल्ला बालकल्याण समितिको स्वीकृतिमा बालगृह अनुगमन समितिले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा एक बालिका र ४ बालक छन । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा बालगृह अनुगमन समितिका अध्यक्ष अर्जुन शर्माको नेतृत्वमा रहेको अनुगमन समितिको टोलीले उनीहरुलाई उद्धार गरेको हो । यही साउन २० गते अनुगमनका क्रममा कुनैपनि मापदण्ड नपुर्‍याई बालगृह संचालन भएको भेटिएपछि उनीहरुलाई उद्धार गरिएको हो । '७ देखि १० बर्ष उमेर समूहका उनीहरुलाई सिंढीमुनि सुताइएको पाइयो', अनुगमनका समितिका सदस्य सचिव तथा जिल्ला बालकल्याण अधिकृत भरतराज बरालले भने, 'बालकल्याण समितिको सोमबारको बैठकको निर्णय अनुसार उनीहरुलाई उद्धार गरिएको हो ।' बालगृह दर्तासमेत नभएको, संचालनकालागि कुनै आर्थिक श्रोत नरहेकोले बालबालिकाको भविष्य अनिश्चित भएकाले उद्धार गरिएको बरालले बताए । उद्धार गरिएका बालबालिकालाई सिविनमा राखिएको र आवस्यक परामर्शपछि अन्य बालगृहमा पठाईनेछ । बालगृहका संचालक सबै दृष्टिविहीन हुन । उनीहरुले सांस्कृतिक कार्यक्रम संचालन गरेर संकलन गरेको रकमले बालबालिकालाई राख्दै आएका थिए । तर पछिल्लोपटक आर्थिक लगायतका बिबाद भएपछि अबैध बालगृह संचालन भएको सार्वजनिक भएको थियो । संस्थाका अध्यक्ष वकिल मियाँ अन्सारीले बालगृह संचालनबारे कुनै जानकारी नभएकाले यस्तो अवस्था आएको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger