Widgets

Home » , » दार्जीलिङ बन्द चार दिनका लागि फिर्ता हुने पहाडी क्षेत्रमा जनता कर्फ्यू

दार्जीलिङ बन्द चार दिनका लागि फिर्ता हुने पहाडी क्षेत्रमा जनता कर्फ्यू

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ साउन, काठमाडौं । अलग राज्यको माग गर्दै घोषणा गरिएको अनिश्चितकालीन दार्जीलिङ बन्द चार दिनका लागि फिर्ता हुने भएको छ । जनताको पीरमर्कालाई ध्यानमा राखि बिहीबारदेखि आइतबारसम्म बन्द फिर्ता लिने निर्णय गरिएको बन्द आयोजक गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । शुक्रबार भारत स्वतन्त्रता दिवसका दिन दार्जीलिङ खुल्ला रहनेङ खुल्ला रहने छ ।1
अलग राज्यको माग गर्दै आयोजना गरिएको बन्द आज ११ दिन पनि जारी छ । यसैवीच गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन-जिटिए)को प्रमुखबाट मोर्चाका नेता विमल गुरुङले दिएको राजीनामा राज्य सरकारले स्वीकृत गरेको छ । जिटिए प्रमुखमा नयाँ नियुक्तिको प्रक्रिया थालिएको छ । यसैवीच दार्जीलिङका विभिन्न राजनीतिक दलहरु अलग गोर्खाल्याण्डका लागि सहकार्य गर्न सहमत भएका छन् । विमल गुरुङको नेतृत्वमा सर्वदलीय बैठकको आयोजना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहाडी क्षेत्रमा जनता कर्फ्यू
 गोरखाल्याण्ड राज्यको माग गर्दै भारतको दार्जिलिङमा आन्दोलनरत दलहरुले मंगलवारबाट पहाडी क्षेत्रमा जनता कर्फ्यू लगाएका छन् । स्थानीय समय अनुसार मंगलवार विहान ६ बजेबाट सुरु भएको जनता कफ्यू भोलि बेलुकी ६ बजेसम्म चल्नेछ । कर्फ्यूका समयमा सर्वसाधारण सडकमा ननिस्कने गोरखा जनमुक्ति मोर्चाले जनाएको छ ।
बिहीबारबाट भने ४ दिन बन्द खुला गर्ने मोर्चाले जनाएको दार्जीलिङबाट प्रकाशित नेपाली भाषाको पत्रिका हिमालयन दर्पणले जनाएको छ । राज्य सरकारले भने पहाडी क्षेत्रमा आजबाट राशन बाड्ने बताएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger