Widgets

Home » , » बालिकालाई बलात्कार गर्न खोज्ने बृद्ध पक्राउ

बालिकालाई बलात्कार गर्न खोज्ने बृद्ध पक्राउ

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अर्जुन राजवंशी २९ साउन, मोरङ । आठ बर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । केराबारी-९ की ८ बर्षीया दलित बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा मोरङ केराबारीका ८० बर्षीय बृद्ध दागबहादुर तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको हो । राति १० बजेतिर पिसाब फेर्न निस्किएकी बालिकालाई छिमेकी बृद्धले जबरजस्तीकरणी गर्न खोजेको आरोपमा तामाङलाई पक्राउ गरी स्थानीयवासीले राति नै ईलाका प्रहरी कार्यालय बेलबारीमा बुझाएका हुन् । बृद्ध तामाङले भने प्रारम्भिक बयानका क्रममा आफु घर नजिकै बसिरहेको बेला बालिका पिसाव गर्न गएकाले आफुमाथी गाउँलेले झुटो आरोप लगाएको बताएका छन् । बृद्ध तामाङले आफ्नो र बालिकाको स्वास्थ्य परिक्षण गराउन र मेडिकल रिपोर्टमा दोषी देखिए जस्तोसुकै कार्बाही भोग्न तयार रहेको बताएका छन् । घटनाको सत्यतथ्य बुझ्न मंगलवार विहान ईलाका प्रहरी कार्यालय बेलबारीमा छलफलका लागि बोलाइएको छ भने आजै बालिकाको स्वास्थ्य परिक्षण समेत गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger