Widgets

Home » , » कतार पुगेको तीन महिना नबित्दै लडेर मृत्यु

कतार पुगेको तीन महिना नबित्दै लडेर मृत्यु

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ साउन, बागलुङ । कतारको एक कम्पनीमा कार्यरत बागलुङका डोलबहादुर खड्काको कामकै सिलसिलामा ज्यान गएको छ । चार महिनाअघि रोजगारीका लागि कतार पुगेका पालाकोट गाविस-३, का ५३ वर्षीय खड्काको गत असार २७ गते मृत्यु भएको हो । एक महिनाअघि नै मृत्यु भएको भए पनि शनिबार मात्रै थाहा भएको थियो । अबु हमार भन्ने स्थानमा रहेको सप्लाई कम्पनी अल-इट्पान मेन्ट ट्रेडको भवन निर्माणका क्रममा तीनतला माथिबाट खसेर खड्काको मृत्यु भएको कतारबाट उहाँका भतिज कुमार खड्काले बताउनुभयो । मृतक खड्का मिलिनियम मेनपावर कम्पनीबाट गत चैतमा कतार गएका थिए । खड्काले भन्नुभयो, “धेरै टाढाको सहरमा घटना भएको हुँदा हामीले थाहा पाएनौँ, गत शनिबारमात्रै उहाँको मृत्यु भएको खबर पायौँ ।” खड्का पनि विगत आठ वर्षदेखि कतारमै कार्यरत हुनुहुन्छ । एक महिनाअघि नै घटना भएको भए पनि गत शनिबारमात्रै मृत्युको खबर पाएको खड्काको भनाइ छ । खड्काको शव सोमबार राति नेपाल ल्याइएको छ । “कतार आएको तीन महिना पूरा नहुँदै यस्तो घटना भयो”, कुमारले भन्नुभयो, “कतारमा रहेका नेपालीको अवस्था ज्यादै कठिनाइपूर्ण छ, मृत्यु भएको खबर पनि कसैलाई थाहा हुँदैन ।” मृतक काकाको शव हेर्नका लागि अस्पतालले अनुमति नदिएको खड्काले गुनासो गर्नुभयो ।” दुई श्रीमती सात छोराछोरीका अभिभावक रहनुभएका खड्काको मृत्युले परिवार शोकमा डुबेको छ । “परिवारको लालनपालन र भविष्यको चिन्ता थपियो अब कसरी परिवार धान्ने हो” उहाँका दाजु धनबहादुर खड्काले भन्नुभयो, “परिवारकै जीविकाका लागि विदेश गएको थियो, आफैँ नर्फकने गरी गयो । रासस”

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger