Widgets

Home » » ब्लेडले काटेर रगत बगाउँदै क्यान्सर र बाथको उपचार (फोटोफिचर सहित)

ब्लेडले काटेर रगत बगाउँदै क्यान्सर र बाथको उपचार (फोटोफिचर सहित)

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तल दिइएका तस्वीरहरु देख्दा दर्दनाक लाग्नसक्छन् । मानिसहरु कुनै दुर्घटनामा घाइते भएका र रगतले लत्पतिएका जस्ता लाग्न सक्छन् । तर यी मानिसहरु कुनै दुर्घटनामा परेका होइनन् । रोगको उपचारका लागि हात खुट्टामा ब्लेडले काटेर रगत बगाएका हुन् ।
1
सरीरमा ब्लेडले काटेर रोगको उपचार गरिने यो पद्धति भारतको नयाँ दिल्लीमै चल्तीमा छ । यो परम्परागत पद्धतिप्रति मानिसहरुको विश्वास घट्नुको साटो झनै बढ्दैछ ।
नयाँ दिल्लीस्थित एक मस्जिदको बाहिर एक खुल्ला हावा क्लिनिक छ । हकिम घयासले संचालन गरेको यो खुल्ला क्लिनिकमा दिनहुँ सयौँ मानिसले आफ्नो सरीर ब्लेडले कटाएर रगत बगाउँदै उपचार गर्छन् ।
2
भारतमा आधुनिक चिकित्सा पद्धतिको कमी छैन, तरपनि धेरै मानिसलाई आधुनिक पद्धतिप्रति विश्वास छैन र यहीँ परम्परागत क्लिनकमा उपचारको लागि धाउने गर्छन् ।
७९ वर्षका घयासका अनुसार उनको यो चिकित्सा पद्धतीबाट विभिन्न प्रकारका बाथ देखि लिएर मुटुरोग तथा रक्त क्यान्सर समेत निको हुन्छ । आफुकहाँ गरीब मानिस धेरै आउने भएकाले यो उपचारका लागि पैसा नलिने उनी बताउँछन् । अहिले घयासका छोराले पनि बाउको बिँडो थाम्दै यसैगरी उपचार गरिदिने गरेका छन् ।
3
यो विधिमा पहिले हातखुट्टामा कसिलो गरी डोरीले बाँधिन्छ अनि डोरीले बाँधेको भन्दा तल्लो भागमा ब्लेडले काटेर घाउ बनाइन्छ अनि रगत बग्न दिइन्छ । यसरी नियन्त्रित रुपमा सरीरको रगत बाहिर फ्याँक्दा सरीरको फोहोर रगत बाहिर निस्किने भएकाले विभिन्न खालका रोग निको हुने विश्वास गरिन्छ । स्मरण रहोस् यसरी रगत बगाएर गरिने प्राचिन उपचार पद्धति गि्रक तथा आयुर्वेदिक उपचार पद्धतिमा समेत हजारौँ वर्षदेखि प्रचलनमा थियो ।
45678

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger