Widgets

Home » » ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्तुत कर्मचारीको तलव १८ प्रतिशतले बढ्यो, संविधानसभा चुनावका लागि १६ अर्ब बजेट

५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्तुत कर्मचारीको तलव १८ प्रतिशतले बढ्यो, संविधानसभा चुनावका लागि १६ अर्ब बजेट

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । सरकारले अध्यादेशमार्फत आइतबार उक्त बजेट जारी गरेको हो । यो चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो ।
bajet-5
अर्थमन्त्री शंकर कोइरालाले आइतवार साँझ सार्वजनिक गर्नुभएको बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । बजेटले मंसिर ४ का लागि घोषित संविधानसभाको चुनावलाई मुख्य प्राथमिकतामा राखेको छ । सरकारले संविधानसभा निर्वाचनका लागि १६ अर्ब छुट्याएको छ भने जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको छ ।
बजेटले चालू खर्चमा ३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत विनियोजन गरेको छ भने पूँजीगत खर्च ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत खर्च छुट्याएको छ । वित्तिय व्यवस्थाका लागि ७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत रकम छुट्याइएको छ । त्यसमध्ये विकास बजेटका लागि २ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत र साधारण खर्चतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत छुट्याइएको छ ।
बजेटको स्रोतअन्तर्गत राजश्वबाट ३ खर्ब ५४ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । त्यस्तै साँबा फिर्ताबाट ५ अर्ब ५० करोड, वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड, वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र त्यसमा नपुग ४४ अर्ब आन्तरिक ऋणबाट उठाइने लक्ष्य लिइएको छ ।
बजेटले राजस्वको दर र दायरा यथावत राखेको हुनाले राजस्व वृद्धिदर अपेक्षित न्यून रहेको छ । सरकारले ३० प्रतिशतको राजस्व वृद्धिदर राख्ने गरी बजेटको तयारी गरेको थियो । तर राजनीतिक सहमतिको क्रममा राजस्व नीतिमा परिवर्तन नगरिएको कारण वृद्धिदर घटेको हो । अर्थ मन्त्री कोइरालाले मदिरामा सामान्य कर वृद्धि गरिएको र केही क्षेत्रमा करको दायरा बढाइएको उल्लेख गर्नुभयो ।
सरकारले संबिधानसभा निर्वाचनका लागि १६ अर्ब छुट्याएको छ भने जलबिद्यूत, पर्यटन र कृषि क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको छ । सरकारले काठमाडौं उपत्यकाको सडक ममर्म्तका लागि १ अर्ब ८१ करोड छुट्याएएको छ । बजेटमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ऋण उपलब्ध गराउने घोषणा गरिएको छ भने कलंकी कोटेश्वर सडकलाई ८ लेन बनाउन ५१ करोड ६० लाख रुपैयाँ छुट्टयाइएको छ ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger