Widgets

Home » » अफगानी राष्टपतिको क्षमादानबाट थापा घर फिर्ता जासुसी आरोपमा अफगानी जेलमा रहेका नेपालीको रिहाई\

अफगानी राष्टपतिको क्षमादानबाट थापा घर फिर्ता जासुसी आरोपमा अफगानी जेलमा रहेका नेपालीको रिहाई\

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोहा, असार ३० - अफगानिस्तान बिरुद्ध जासुसी गरेको आरोपमा २० बर्षे कारावास सजाय बेहोरिरहेका तनहुाका तिलकबहादुर थापालाई अफगानी राष्टपति हमिद कारजाहीले क्षमादान दिएपछि उनी आइतबार नेपाल र्फकने भएका छन् ।
दुइ महिनायता काबुलस्थित कारागारमा राखिएका उनलाई राष्टपतिको क्षमादान (एम्नेष्टी) दिनासाथै अफगान अधिकारीकै रहोबरमा बिमानस्थलसम्म ल्याई बिशेष सतर्कताका साथ दुबइ हुँदै काठमाडौं फिर्ता गरिएको थियो ।
गत मे महिनामा अफ्गानिस्तान मामला समेत हेर्ने इश्लामाबादस्थित राजदूत भरतराज पौड्यालले राष्टपति कारजाईसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा थापाको क्षमादान र रिहाईका लागि आग्रह गरेका थिए । त्यस अवसरमा राजदुत पौड्यालले नेपाल सरकारका तर्फबाट लेखिएको अनुरोध पत्र राष्टपति कारजाइसमक्ष बुझाएका थिए । 'क्षमादान पाएपछि मैंले तिलकबहादुरसँग फोनमा कुराकानी गरें, उनी अफगान सरकारसँग कृतज्ञ छन्',राजदूत पौड्यालले फोनमा भने ।
थापाको रिहाईपछि ईस्लामाबादस्थित दुतावासबाट जारी बिज्ञप्तीमा अफगान सरकारप्रति हार्दिक आभार जनाइएको छ । तनहुँका थापा आफ्गानिस्तानमा बिगत ७ र्बषदेखि कार्यरत थिए ।
२०११ को अपि्रल १९ मा हेल्माण्ड प्रान्तमा रहेका उनले काम गर्ने कन्ट्याक्ट कन्स्टक्सन कम्पनीबाटै उनी गिरफ्तार भएका थिए । अफगानि शक्तीशाली जासुसी सास्था नेशनल डिरेक्टोरेट अफ ईन्टेलिजेन्स (एनडिएस) का अधिकारीले उनी सहित एक पाकिस्तानी र दुई आफ्गान सहकर्मीलाई पाकिस्तानी जासुसी सास्था आईएसआईलाई ईमेलर्माफत सुचना विवरण चुहाउने काम गरेको आरोप लगाएका थिए । यो अभियोगमा हेलमान्डको प्रान्तीय अदालतले थापालाई पहिले १६ र्बष कैद सजाय तोकेको थियो । सर्वोच्चमा पुगेको यो मुद्धामा न्यायधिसले थप ४ र्बष गरि २० र्बष कैद तोकेका थिए। हेल्माण्डस्थित जेलमा कैद सजाय भोगिरहेका थापालाई राजदूत पौडेलले अनुरोध गरेको भोलिपल्टै काबुलस्थित तौकिफ भनिने डिटेन्सन सेन्टरमा ल्याईएको थियो । थापाले भने उक्त आरोपको खण्डन र्गदै आएका छन्  ।
 


भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger