Widgets

Home » » च्यापिएर मृत्यु भएकालाई 'हृदयघात' बनाउने प्रयास

च्यापिएर मृत्यु भएकालाई 'हृदयघात' बनाउने प्रयास

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोहा (कतार), असार ३१ - मिक्सारमा च्यापिएर मृत्यु भएका नेपाली कामदारलाई 'हृदयघात' भएको देखाउने कम्पनीको प्रयासलाई असफल भएको छ । एउटा मिश्री कम्पनीमा कार्यरत पिठुवा-८, चितवनका बृद्धिमान डिम्डुङ बिल्डीङ कन्ट्रक्सनको मिक्सरमा च्यापियर मृत्यु भएका थियो । हृदयघात भएको पोष्टमार्टम रिपोर्ट पछि सञ्चिएर आएको राजदुत मायाकुमारी शर्माले भने । प्रत्यक्षदर्शीको बयान आएपछि प्रहरीले शबको पुर्न पोष्टमार्टम गर्न निर्देशन दिएको थियो । 'यसका लागि अस्पतालले बाहिर तीन ठाूउमा पोष्टमार्टमको लागि जिम्मा लगाएको थियो', उनीले भनिन,'तीन दिनपछि रिपोर्ट आूउदा भित्री भागमा दख्खल परेर मृत्यु भएको भनेर दिएको छ ।' आफ्नै अंगालोमा बचाउ बचाउ भन्दै ज्यान गएको देख्ने सहकर्मी दीपक पौडेलले हृदयघातको प्रतिबाद गर्दै प्रहरीमा गएर 'कार्यस्थलमा च्यापिएर मृत्यु भएको' बयान दिएपछि कम्पनीको योजना तृहिएको हो । कम्पनीले मृतकको बिमाको रकम र चालकलाई जोगाउन हृदयघात बाट मृत्यु भएको रिपोर्ट प्रहरी र अस्पताललाई भनेको थियो । कार्यस्थलमा काम गर्दै गरेको अबस्थामा ज्यान गुमाउने कामदारलाई कतारको श्रम कानुन अनुसार दुई लाख रियाल -झन्डै २६ लाख नेपाली) दिनुपर्ने ब्यबस्था छ । हृदयघात भएमा केही दिनुपर्दैन् । 'सरकारी अस्पतालले समेत हृदयघातबाट ज्यान गएको मेडिकल रिपोर्ट पठाइसकेको थियो । सूगै काम गर्ने दिपक पौडेलको सजगताले यो रहस्य बाहिर आयो', राजदुत शर्माले कान्तिपुरलाई भनिन । 'उनी मिक्सर सफा गर्दै थिए । मिक्सर अपरेटर नहेरी मिक्सर चलाउदा च्यापिए । जोडले कराएपछि बन्द गरे । एकैछिनमा ज्यान गयो', पौडेलको भनाई उद्धत गर्दै राजदुत शर्माले भनिन,'यो चालकको हेलचेक्राईको कारणले ज्यान गएको हो ।' पौडेलले कम्पनी मुदिरको अगाडि नझुकी आफ्ना सत्य बयान दिएको उनले बताइन् । पौडेल १५ दिन अघि मात्रै कतार आइपुगेका थिए । मिश्री कम्पनी रहेको र मिश्री नै चालक रहेकोले घटनालाई ढाकछोप गर्ने प्रयास गरिएको राजदुत शर्माले बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger