Widgets

Home » » जेलबाट छुटेर फेरि अपराधमा नै

जेलबाट छुटेर फेरि अपराधमा नै

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Criminal

काठमाडौं, असार ३१ - डाँका र लुटपाट जस्ता अपराधमा लामो समय कारागार बसेर छुटेका एक व्यक्ति पुनः अपराधको योजना बनाउँदै गर्दा समातिएका छन् । धादिङको छते देउराली घर भएका शालिक भन्ने सुजन अधिकारीलाई पक्राउ गरेको हो । उनीसँगै माओवादीका पूर्वलडाकु विजय लामा भनिने शुक्रबहादुर ब्लोन पनि समातिएका छन् । उनीहरूका साथबाट ९ एमएमको 'मेड इन जापान' लेखिएको पेस्तोल बरामद गरेको छ । उनीहरूले मण्डिखाटार र कीर्तिपुरमा रहेको एउटा घरमा डकैती योजना बनाइरहेका बेला उनीहरूलाई पक्राउ गरिएको महाशाखाका डीएसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनका अनुसार सुजन अधिकारी २०५९ सालमा १५ भन्दा बढी डकैती र चोरीको अभियोगमा कारागार चलान भएका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई १२ वर्ष कैद र २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । गत फागुन ७ गते केन्द्रीय कारागारबाट छुटेका उनले ब्लोनसँग मिलेर पुनः डकैतीकै काम सुरु गर्न लागेका थिए । प्रहरीका अनुसार उक्त पेस्तोल ब्लोनले माओवादी युद्धमा हुदाँ लिएर लुकाइ राखेका थिए । बाराको अमलेखगञ्ज घर भएका उनले घर छेउमा रुखमुनी प्लाष्टिक भित्र राखेर लुकाएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger