Widgets

Home » » सामाजिक सन्जालमा लेखिएपछि रिसाइन् राजदुत

सामाजिक सन्जालमा लेखिएपछि रिसाइन् राजदुत

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Maya

काठमाडौं, असार ३१ - कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्माले सामाजिक सन्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरु लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निश्कासन गर्न पत्राचार गरेको स्वीकारेकी छिन् । भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफमा उनले यस्तो स्वीकारोक्ति गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् । शर्माले संसारको जुनसुकै कुनाबाट प्रयोग गर्नसकिने विद्युतीय माध्यम इन्टरनेटमा सजिलै उपलब्ध सामाजिक सन्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यसबारे उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारीसमेत गराएकी थिइनन् । मन्त्रालयले सोधेको स्पष्टिकरणमा पूर्व जानकारी किन नगराएको भनेरसमेत सोधेकोमा उनको जवाफी पत्रमा त्यसबारे केही उल्लेख छैन । राजदुत शर्माले जवाफी पत्रमा भेटवालद्धारा सामाजिक सन्जालमा पोष्ट गरिएका 'आपत्तिजनक' वाक्यहरु पनि संलग्न गरेकी छिन् । 'वर्षौंदेखि आफ्नै देशका शासक प्रशासकबाट ठगिंदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,' एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शीर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको रालगायतका प्रसंग छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरु शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रष्ट बुझिने उल्लेख गर्छन् । 'सामाजिक सन्जालमा मानिसले जिम्मवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सन्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरु पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,' उनीहरु भन्छन् । शर्माको जवाफी पत्रमा भेटवालसूगका आफ्ना व्यक्तिगत स्तरका मतभिन्नताहरुलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रुपमा प्रस्तुत गरेकी छिन् । 'यो पत्रका कुराहरु अध्ययन गर्दा उनलाई कारवाही गर्नुपर्ने देखिन्छ । कम्तिमा नसिहत,' मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन् । मन्त्रालयले यो पत्र र यसको विषयलाई अहिलेसम्म औपचारिक रुपमा वाहिर ल्याएको छैन । राजदुत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा गएर प्रष्टिकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छिन् । उनले विविसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बङग्याएको दाबीसमेत गरेकी छिन् । कतारी विदेश मन्त्रालयमा गएर माफी मागेको, त्यो घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनले जनाएकी छिन् । साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको भन्दै टिपप्णी गरेको समाचार सन्चार माध्यमहरुले प्रसार गरेका थिए । विदेश मन्त्रालयमा स्पष्टिकरण दिएर हिंड्दा त्यहाँका अधिकारीले आफूलाई लिफ्टसम्म आएर विदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छिन् । शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो । शर्मा एनेकपा (माओवादी)को सिफारिसमा लाखौं नेपाली मजदुर कार्यरत कतारमा राजदुत नियुक्त भएकी हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger