Widgets

Home » » पूर्वमन्त्रीकी छोरीको आत्महत्या रहस्यमै

पूर्वमन्त्रीकी छोरीको आत्महत्या रहस्यमै

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३१ असार, काठमाण्डौ । पूर्वमन्त्री अनिल झाकी एक्ली छोरी श्वेताले शनिवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरिन् । छोरीको अकल्पनीय वियोगले झा दम्पति शोकमा डुबेका छन् । परिवारका अनुसार आत्महत्या गर्नुभन्दा केही समयअघिसम्म पनि श्वेता सामान्य अवस्थामा देखिन्थिन् । उनी कुनै तनावमा रहेको हुन सक्ने कुरा झा दम्पतिले अनुमानै लगाएका थिएनन् । आमाबुबाको कोठामा भ्यागकुम लगाएर कोठा सफा गरेपछि आफ्नो कोठामा पसेकी श्वेता आधा घण्टापछि मृत अवस्थामा भेटिइन् । श्वेताकी आमा ३ र ४ साउनमा हुने लोकसेवा आयोगको परीक्षाका लागि तयारी गर्दै थिइन् । आइतवार विहान करिव साढे ८ बजेतिर श्वेताले कोठा सफ ागर्न थालेकी आमालाई भनिन्,’तपाई पढ्न जानुस्, म सफा गर्छु । ‘ उनले भ्याकुम लगाएर आमाबुबाको कोठा सफा गरिन् । ओछ्यान चिटिक्क पारेर मिलाइएन अनि आफ्नो कोठामा छिरिन् । श्वेता आफ्नो कोठमा जाँदा बुबा माथिल्लो तलामा गएका थिए भने आमा खाना पकाउँदै थिइन् । आधा घण्टापछि खाना खान श्वेताको खोजी हुन थाल्यो । उनको कोठामा धेरैबेर ढक्ढकाउँदा ढोका खुलेन । त्यसपछि झा दम्पति अत्तालिए । ढोका फोडेर हेर्दा श्वेता संसार छोडीसकेकी थिइन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । श्वेताका हरेक इच्छा झा दम्पतिले पुर्‍याइदिएका थिए । तिमी जे चाहन्छौ, म पूरा गरिदिन्छु । तर कुनै निर्णय गर्नुअघि मलाई भन्ने गर, आफ्नी छोरीलाई सधै सम्झाउने गरेको स्मरण गर्दै झाले भने, ‘ तर छोरीले कसैलाई सुइँको नदिई यति कठोर निर्णय गरिन् ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger