Widgets

Home » » बच्चालाई नाना-चाचा बनाइदिनु त यस्ता पो (फोटोफिचर)

बच्चालाई नाना-चाचा बनाइदिनु त यस्ता पो (फोटोफिचर)

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आफ्ना छोराछोरीलाई राम्रा राम्रा नानाचाचा लगाइदिएर पुतलीजस्तो बनाउने बाउआमाको चाहना हुन्छ । भलै लुगाफाटो कस्तो किनिदिने भन्ने कुरा गच्छे अनुसार निर्भर गर्छ । तर काइदा जाने फाइदा हुन्छ भन्ने उखानलाई शिरोधार्य गर्ने हो भने बच्चाका लागि लुगाफाटोमा सुको पनि खर्च गर्नुपर्दोरहेनछ ।
1
नपत्याए हर्ेर्नुस् ती चीनमा एक जना बाउले आफ्नो बच्चालाई यस्ता गज्जबका लुगा बनाइदिएका छन् की ती देख्दा रोचक त छन् नै बन्दा पनि मुफतमै बने । गर्मीमा खान किनेको खरभुजा खाइवरि बाँकी रहेको बाहिर खोलबाट ती कलाप्रेमी बाउले आफ्नो बच्चाका लागि लोभै लाग्ने खालको कट्टु र हेलमेट बनाइदिए र लगाइदिए पनि ।
चीनको वेनझोउ प्रान्तको खरभुजाको पहिरनवाला बच्चाको यो तस्वीर इन्टरनेटमा अपलोड भएपछि त्यसले निकै तहल्का मच्चायो । खरभुजाका लुगा लगाउने त्यो बालक र उसका बाउआमाको समाचारले टेलिभिजनमा पनि ठाउँ पायो । त्यसपछि त के चाहियो र ? चीनमा खरभुजाको यो फेसन खुबै फैलिन थाल्यो । हुँदा हुँदा खरभुजाको बिकिनी, र्स्कर्ट तथा चश्मा समेत बनाएर लगाउन थालियो ।
2
खरभुजे पहिरनको त्यो फेसनप्रति सकारात्मक प्रतिक्रिया पनि सुनियो । साँच्ची त्यो उखरमाउलो गर्मीबाट बच्चाहरुलाई राहत दिने इको फ्रेण्डली उपाय पनि थियो । अहिले त भएन, वैशाख जेठतिर कि हामीले पनि त्यसै गर्ने हो , कि कसो ?
54

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger