भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अखाद्य च्याउ खाएर बेहोसी बनेपछि अमेरिकामा आफ्नै लिंग काटेका छन् । अमेरिकाको मिचिगनस्थित एक विद्यालय बाहिर लिंगको केही भाग काटेर चुँडिएको र खुट्टाभरी रगत लतपतिएको अवस्थामा एक निर्वस्त्र मानिसलाई प्रहरीले फेला पारी उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो । ४१ वर्षे ती पुरुष अर्धबेहोसी अवस्थामा रोइकराइ गरिरहेको अवस्थामा स्थानीय विद्यालयका कर्मचारीले खबर गरेपछि प्रहरी आएर ती व्यक्तिलाई उपचारको लागि अस्पताल लगेको थियो ।
ओहियोस्थित कोलम्बसका बासिन्दा रहेका ती व्यक्तिको मंगलबार बिहान साथीलाई भेट्न आउँदा च्याउ किनेर खाएका अनुसन्धानपछि पत्ता लागेको छ । उनमा मानसिक समस्या तथा लागु औषध सेवन गर्ने लत समेत नरहेको र च्याउमै कुनै विषाक्त वा नसालु पदार्थ रहेको आशंका गरिएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । ती व्यक्तिको अहिले उपचार भैरहेको र उनको अवस्थामा सुधार आइरहेको बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.