Widgets

Home » » यो हो चाँदीबाट बनेको सबैभन्दा महंगो बाइक

यो हो चाँदीबाट बनेको सबैभन्दा महंगो बाइक

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
महंगो तथा अलग स्वरुपको बाइक चढ्ने र गोजी पनि अलि तातो भएका हरुका लागि खुसीको खबर छ । यद्यपि हामीजस्ता धेरैका लागि भने यो खबर कागलाई बेल पाकेजस्तै हुनसक्छ । तर खबर सुन्दा भने मज्जै आउला ।
bike 1
भारतमा विश्वकै अहिलेसम्मको सबैभन्दा महंगो बाइक निर्माण गरिएको छ । मुम्बइमा भैरहेको इण्डिया इन्टरनेसनल ज्वेलरी शो मा पर््रदर्शनीमा राखिएको तयारीमारहेको उक्त बाइक चानचुने होइन । त्यो चाँदीबाट बनेको छ र त्यस्ता प्रकारका बाइकको मूल्य न्युनतम ८० लाख देखि १ करोड ६० लाख नेपाली रुपैयाँ सम्म पर्ने बताइएको छ । अहिले केवल मोडलमात्र र्सार्वजनिक गरिएको छ र बुकिङ खुल्ला गरिएको छ । अहिले अर्डर दिनेले ६ महिनापछि यस्तै चाँदीको बाइक पाउनेछन् ।
चाँदीका गहना बनाउने भारतीय कम्पनी सिल्भर इम्पोरियमले त्यो बाइक बनाएको हो । कम्पनीका एमडी राहुल मेहेताका अनुसार उक्त बाइकका पाटपर्ुजा हातैले बनाइएको हो तर इन्जिन भने इनफिल्ड इण्डिया कम्पनीले तयार पारिदिएको हो ।
यो बाइक तयार पार्न कालिगढहरुलाई ८ महिनाको लागेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger