Widgets

Home » , » ऐश्वर्या र सलमान आमनेसामने हुने

ऐश्वर्या र सलमान आमनेसामने हुने

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कुनै समय बलिउड अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय प्रेमी प्रेमिका थिए । तर ऐश्वर्याले अभिषेक बच्चन सँग बिहे गरेपछि यी दुइ बीच बोलचाल समेत भएको छैन । यी दुइबीच एकैठाउँमा जम्काभेट समेत भएको छैन । नचाहेरै होला एक जना उपस्थित भएको ठाउँमा अर्को जाने गरेका पनि छैनन् । तर अब छिटै सलमान र ऐश्वर्याबीच आमनेसामने हुने भएको छ ।
उत्तराखण्डको बाढीले धेरैलाई बिचल्ली बनाएको र अलग्यायो तर सलमान र ऐश्वर्यालाई जुटाउँदैछ । समाचार अनुसार उत्तराखण्डका बाढीपीडितहरुको सहयोगार्थ हुन लागेको एक सांगितिक कार्यक्रममा सलमान र ऐश्वर्याबीच भेट हुने भएको हो । उक्त कार्यक्रममा ऐश्वर्या राय, उनका श्रीमान अभिषेक बच्चन तथा भुपु प्रेमी सलमान खान तिनै जनाले प्रस्तुती दिनेछन् । सलमान र ऐश्वर्या एउटै कार्यक्रममा पुग्नु अवश्यपनि बलिउडका फ्यानका लागि खुसीको कुरा त हो नै तर ती दुइबीच बोलचाल होला नहोला त्यो भने भविष्यकै गर्भमा छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger