Widgets

Home » , » बाँदरको आक्रमणबाट १४ घाइते

बाँदरको आक्रमणबाट १४ घाइते

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ भदौ, झापा । झापाको काँकडभिट्टामा बाँदरको आक्रमणबाट १४ जना घाइते भएका छन् । काँकडभिट्टा बजारमा दुई दिनभित्रमा एक्ले बाँदरले विद्यालय जाँदै गरेका विद्यार्थी र बाटोमा हिँड्ने यात्रु तथा साइकलयात्रीमाथि आक्रमण गर्दा १४ जना घाइते भएका हुन् । मेचीनगर ११ को भान्साखोला क्षेत्रमा बस्ने एक्ले बाँदरले मान्छे देख्नासाथ झम्टिने गरेको स्थानीयवासीको भनाइ छ । स्थानीयबासीका अनुसार बाँदर आक्रमणमा परी घाइते हुनेमा सबैभन्दा बढी काँकडभिट्टा उच्चमाविमा पढ्ने विद्यार्थीहरू छन् । स्थानीय क्लिनिकहरूमा दुई दिनयता बाँदरको आक्रमणबाट घाइते भएर आउनेहरूको संख्या बढेको छ । स्वास्थ्यकर्मी दिलिप सुवेदीले घाइतेहरूलाई बाँदरको टोकाइबाट रेबिजको खतरा हुने जनाउँदै त्यसविरुद्धको भ्याक्सिन लगाउन सुझाव दिएको बताउनुभयो । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger