भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शिर्षकमा तपाइले पढ्नु भएको संवाद चलचित्र ‘ढुवानी’को हो । भाद्र २८ गतेबाट नेपाल लगायतका विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रले चेलिबेटी बेचबिखनको मुद्दालाई सुष्म रुपमा उठान गरेको छ । कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेको ‘ढुवानी’लाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् ।
नेपालबाट कसरी चेलिबेटीहरु भारतको वेश्वालय सम्म पुर्याइन्छ भन्ने बिषयलाई निर्माणपक्षले अनुसन्धान पश्चात तयार पारेकाले पनि ‘ढुवानी’ उत्कृष्ट बनेको धेरैको विश्वास छ । चलचित्रा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् ।
चलचित्रमा हरि लम्सालको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । निर्माणपक्षले चलचित्रलाई हिन्दी भाषामा डब गरेर अंग्रेजी, अरबिक भाषाको सब टाइटल राखेर विश्वभर देखाउने तयारी गरेको छ । चलचित्रको निर्माणपक्षले सिनेमाको दोश्रो प्रोमो सार्वजनिक गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.