Widgets

Home » , » झरनाको घरमा स्कर्ट नै स्कर्ट, गरिमा जुत्ताको फ्यान

झरनाको घरमा स्कर्ट नै स्कर्ट, गरिमा जुत्ताको फ्यान

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कलाकार भएपछि पहिरनको कलेक्शन गर्नु बाध्यता हो । एउटै पहिरन दोहोर्‍याएर लगाएको खण्डमा दर्शकदेखि मिडियासम्मको आँखा पर्ने पिर पनि हुन्छ । यसैले पनि उनीहरु पहिरनमा विशेष ध्यान दिन्छन् ।
नायिका विनिता बराल जिन्स पाइन्टको सौखिन हुन् । लगाउन सजिलो हुने भएकाले पनि उनले जिन्स पाइन्टको भण्डार नै गरेकी छिन् घरमा । विनिताका अनुसार उनीसँग ३५ वटा जिन्स पाइन्ट छन । जसमध्ये उनले एउटा पाइन्ट २ पटकसम्म लगाउँछिन् । तर घरमै बस्दा त बारम्बार धोएर लगाउँदा पनि फरक पर्दैन, उनले अनलाइनखबरसँग भनिन् । अहिले ज्यान मोटाएकाले पनि जिन्स पाइन्ट नयाँ नयाँ किन्नुपरेको उनको तर्क छ ।
नव नायिका अशिष्मा नकर्मीको सौख भने अन्य नायिकाको भन्दा फरक छ । उनलाई पुराना पैसा जम्मा गर्न मन लाग्छ । तर पहिरनको बिषयमा पनि उनी चनाखो छिन् । उनलाई धेरै वन पिस लगाउन मनपर्छ, यसैले उनीसँग ६० वटा जति वन पिस कपडाहरु छन् । जसले गर्दा पनि अशिष्मा विभिन्न कार्यक्रममा फरक-फरक पहिरनमा देखिन्छिन् ।
नायिका गरिमा पन्त जुत्ता लगाउन रुचाउँछिन् । उनीसँग क्याजुअल र पार्टी पहिरनहरु पनि धेरै नै छन् । तर जुत्ताको सौखिन गरिमा आफूसँग ३३ जोर भन्दा धेरै जुत्ता भएको बताउँछिन् । म हरेक कार्यक्रममा फरक-फरक जुत्ता लगाउन रुचाउँछु, उनले ठट्टा गर्दै भनिन-’ घरमा त जुत्ताको सेल नै खोल्ने बेला भैसक्यो ।’
नायिका नन्दिता केसीको सौख पनि नायिका गरिमा पन्तको जस्तै छ । हाल यूरोप भ्रमणमा रहेकी नन्दिताले आफूसँग ३० जोर भन्दा धेरै जुत्ता भएको जानकारी दिइन । उनका अनुसार घरमा छिर्ने वित्तिकै जुत्ता नै जुत्ता छ, यसैले पनि बैनीहरुले सेल लगाउनुहोस भनेर सल्लाह दिन्छन् रे । तर, पहिरनमा भने उनलाई क्याजुअल मन पर्छ ।
नायिका झरना थापाको कलेक्शन टीनएजरकै जस्तो जस्तो छ । झरना अहिले हाफ पाइन्ट, स्कर्टमा बढि देखिन्छन् । यसैले उनीसँग हाफ पाइन्ट, स्कर्टको भण्डारैं छ । ‘कती नै छ भनेर त म भन्न सक्दिन तर म हरेकपल्ट नयाँ स्कर्ट र हाफ पाइन्ट लगाउँछु । झरनाकी छोरी नै टीनएजमा प्रवेश गरिसकिन, तर झरना भने आफूलाई मोर्डन युवती नै बन्न मन लाग्ने बताउँछिन् ।
सुन्दर नायिका केकी अधिकारी आफूसँग टिर्सटको भण्डार रहेको बताउँछिन् । लगाउन सजिलो हुने र मानिसको आँखा पनि सबैभन्दा पहिला टिसर्टमै जाने भएकाले आफूले टिसर्टमा लगानी गरेको केकीले बताइन । मानिसले जिन्स पाइन्टमा खासै आँखा लगाउँदैन तर टिसर्टमा भने हेरिहाल्छ, यसैले म बढि यस्तो पहिरन नै लगाउँछु ।’ उनले भनिन् । उनले आफूसँग ४० वटा भन्दा बढि टिसर्ट भएको बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger