Widgets

Home » , » फोरम लोकतान्त्रिक र तमलोपा मिलेर चुनाव लड्ने

फोरम लोकतान्त्रिक र तमलोपा मिलेर चुनाव लड्ने

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bijaya mahantha

काठमाडौं, भाद्र ९ - विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले मिलेर चुनाव लड्ने सहमति गरेका छन् । दुवैले संघीयतामा समेत एकमत हुँदै स्वायत्त मधेस एक प्रदेशको नारालाई सूगै अघि बढाउने बताएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसहित शीर्ष नेता र तमलोपा अध्यक्ष ठाकुरबीच शनिबार तमलोपा कार्यालय बिजुलीबजारमा चुनावमा मिलेर जाने सैद्धान्तिक सहमति भएको हो । 'दुई पार्टीबीच मिलेर उम्मेदवार खडा गर्ने सैद्धान्तिक सहमति भएको छ,' छलफलमा सहभागी फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले कान्तिपुरसित भने । सैद्धान्तिक सहमतिअनुसार तमलोपाको पकड क्षेत्रमा फोरम लोकतान्त्रिकले उम्मेदवार खडा नगरी तमलोपालाई नै सघाउनेछ भने फोरम लोकतान्त्रिकको पकड क्षेत्रमा तमलोपाले आफ्नो उम्मेदवार खडा नगरी फोरम लोकतान्त्रिकलाई सघाउनेछ । पूर्वका सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट तथा पश्चिममा नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा तमलोपाको पकड भएको मानिन्छ भने पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा तथा पश्चिममा बर्दिया, कैलाली, बाँकेमा फोरम लोकतान्त्रिकको । दुवै (फोरम लोकतान्त्रिक र तमलोपा) को हैसियत विगतको जस्तो नभएको बुझाइलाईसमेत ध्यान दिूदै मिलेर चुनाव लड्ने निष्कर्षमा उनीहरू पुगेका हुन् । अघिल्लो चुनावमा १९ सिट हात पारेको तमलोपा एक पटक फुटिसकेको छ भने फोरम लोकतान्त्रिक पनि संविधानसभाकै बेला जन्मिएको हो र त्यसबाट समेत शरतसिंह भण्डारीलगायत बाहिरिएर अलग्गै पार्टी बनेको छ । खासगरी पश्चिममा ठूलो संख्यामा रहेका थारू/चौधरीको सद्भाव आफ्नो पार्टीमा नभएको पाएपछि गच्छदार बेलैमा तमलोपासँग सहकार्य गर्न पुगेका हुन् । फोरम लोकतान्त्रिक र तमलोपाबीच एकीकरणबारे धेरै पटक छलफल भए पनि गच्छदारले ठाकुरको नेतृत्व अस्विकार गरेपछि प्रक्रिया अवरुद्ध बनेको थियो । मधेसी दलबीच एकीकरणमा जोड दिूदै आएकामा त्यो तत्काल सम्भव नदेखेपछि तमलोपा पनि अरूसूगै मिलेर चुनाव लड्ने निष्कर्षमा पुगेको हो । 'मिलेर चुनाव लड्दा फाइदा हुने हाम्रो बुझाइ हो,' तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले कान्तिपुरसित भने, 'यसो गर्दा मधेसको प्रतिनिधित्व बढाउन सकिने विश्वास छ ।' मधेसी सबै दलबीच एकीकरण गरी एउटै चुनाव चिह्नमा चुनाव लड्दा मधेसका लागि फाइदा हुने भन्दै तमलोपा अध्यक्ष ठाकुरले विगतदेखि नै पहल गर्दै आएका थिए । एकीकरण सफल नभएपछि तमलोपाले अरू पार्टीका नेतालाई आफ्नोमा भित्र्याएर आकार बढाउने क्रम पनि जारी राखेको छ । फोरम लोकतान्त्रिक उपाध्यक्ष यादवका अनुसार कुन- कुन क्षेत्रमा मिलेर उम्मेदवार खडा गर्ने र कसलाई उम्मेदवार बनाउने भन्ने खाका तयार गर्न पनि शनिबारै कार्यदलसमेत बनाइएको छ । उक्त कार्यदलमा फोरम लोकतान्त्रिकबाट उपाध्यक्ष यादवसहित महासचिव जितेन्द्रनारायण देव र रामजनम चौधरी तथा तमलोपाबाट उपाध्यक्षद्वय हृदयेश त्रिपाठी एवं वृषेशचन्द्र लाल र महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्ल छन् । कार्यदलले दुवै पार्टीतर्फबाट उम्मेदवारबारे खाका तयार गरी आगामी २० गते अध्यक्षद्वय गच्छदार र ठाकुरसमेत सहभागी हुने बैठकमा प्रस्तुत गर्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger