Widgets

Home » , » भाजपा नेता भन्छन्- 'संविधान लोकतन्त्रको आधारभूमि'

भाजपा नेता भन्छन्- 'संविधान लोकतन्त्रको आधारभूमि'

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Ravishankar

काठमाडौं, भाद्र ९ - नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता रविशंकर प्रसादले लोकतन्त्रको आधार स्तम्भ संविधान निर्माणमा हुन लागेको चुनाव जतिसक्दो गर्न सुझाव दिएका छन् । 'लोकतन्त्रका केही आधारभूत विशेषता हुन्छन्, पहिलो कुरो संविधान हुनु पर्‍यो, त्यो विवेदरहित र मानव अधिकार सुनिश्चित भएको हुनु पर्‍यो,' भ्रमणको दोस्रो दिन शनिबार नेपालका नेताहरूसँग भएको छलफलमा उनले भने, 'संविधान निर्माणका लागि हुन लागेको दोस्रो संविधानसभाको चुनावमा भारतको पूर्ण समर्थन छ र चुनाव नै लोकतन्त्रलाई बलियो पार्ने एउटै बाटो हो भन्नेमा हामीबीच कसैसँग संसय छैन ।' राष्ट्रपति रामवरण यादव, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता केपी ओली, कांग्रेस नेता रामचन्द्र पौडेललगायतसूग छुट्टाछुट्टै भेटघाट गरेर अन्तक्रिर्यामा आएका उनले नेपालको उन्नति र प्रगतिमा भारतले सदैव साथ दिने भए पनि हस्तक्षेप कहिल्यै नगर्ने बताए । छलफलमा कांग्रेस नेता रामशरण महत, एमाले नेता प्रदीप ज्ञवाली, राप्रपाका प्रकाशचन्द्र लोहनी, वैद्य माओवादीका अजय शर्मा, मधेसी नेता शरदचन्द्र भण्डारी, माले नेता सीपी मैनालीलगायतले पनि बोलेका थिए । रविशंकरले नेपालका नेताहरूले उठाएका केही प्रश्न र सन्दर्भको पनि उत्तर दिएका थिए । 'नेपालका कुनै पनि दल र नेताले कश्मिरमा जनमत संग्रह हुनुपर्छ भन्नेजस्तो कुरा गरेर भारतीय राजनीतिमा हस्तक्षेप गर्ने गरी बोल्दैनन्, भारतको राजनीति भारतीयकै निर्णयको कुरा भएकाले त्यसो भनेर बोल्नु पनि हुँदैन,' माले नेता मैनालीले रविशंकरलाई सोधेका थिए, 'तर किन भारतचाहिँ बारम्बार नेपालको राजनीतिमा हस्तक्षेप गर्छ ? किन यहाँ बन्न लागेका संघीय राज्यलाई आत्म निर्णयको अधिकार हुनुपर्छ भनेर कराउूछ ?' नेपालको राजनीति नेपालीकै जिम्मामा छाडिदिन र कुनै हस्तक्षेप नगर्न मैनालीले आग्रह पनि गरेका थिए । त्यसलाई सम्बोधन गर्दै रविशंकरले नेपालको राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप नगरेको बताए । 'तपाईंलाई कसले भन्यो भारतीय सरकार र नेताहरू नेपालमा हस्तक्षेप गर्छन् ?' सम्बोधनका क्रममा उनले मैनालीतिर हेरेर प्रतिपश्न गरे, 'श्रीलंका, बंगलादेश वा चीनलाई हेर्ने मामिलामा हामीबीच विविध दृष्टिकोणहरू छन्, तर नेपाल एउटा मात्रै यस्तो छिमेकी देश हो जसकाप्रति भारत सरकार, त्यहाँका सबै दल र नेताहरूको समान धारणा छ, त्यो के भने नेपालको उन्नति र विकास हुनुपर्छ, यहाँ शान्ति र स्थिरता आउनुपर्छ ।' संघीयतामा जाने नेपाली जनताको निर्णयमा भारतको समर्थन भए पनि कति संघ बनाउने, कत्रो बनाउने र के कति अधिकार दिने भन्नेमा कुनै धारणा नबनेको र बन्न पनि नहुने नेता रविशंकरले बताए । माओवादीहरुले प्रजातन्त्रविरुद्ध हिंसात्मक आन्दोलन मच्चाउँदा संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भारतले तिनलाई आश्रय दिएर संरक्षण गरेको भन्दै राप्रपाका नेता लोहनीले भारतीय भूमिका अस्पष्ट र विरोधाभाषपूर्ण भएको बताएका थिए । त्यसको पनि खण्डन गर्दै रविशंकरले भने,'नेपालमा शान्ति आउूछ र एउटा आतंकवादी प्रजातन्त्रलाई मान्छ भने त्यसमा के आपत्ति ?' भारतमा पनि थुप्रै माओवादी भएको स्मरण गराउँदै उनले थपे,'म त हाम्रा देशका माओवादीलाई भन्ने गर्छ, नेपालका माओवादीबाट सिक्नुस् । जनताले पत्याए तपाई पनि चुनाव जितेर मुख्य मन्त्री वा प्रधान मन्त्री बन्न सक्नु हुन्छ ।' छलफलमा भारतीय विद्यार्थी नेता सुनिल अम्बेडकरले पनि सम्बोधन गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger