भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली फिल्म क्षेत्र जति सानो भए पनि यहाँ हुने हल्लाखल्ला कम छैन । एकले अर्कोको खुट्टा तान्नेदेखि हुर्मत लिने घटना सम्मान र प्रशंसाभन्दा कैंयन् गुणा बढी हुन्छ । औपचारिक कार्यक्रममा बिहीबार नायक भुवन केसीले अर्का नायक राजेश हमालप्रति कटाक्ष गरे । राजेशलाई 'महानायक' को उपाधि दिँदा भुवनलाई कति धेरै असह्य भएको रहेछ भने उनले त्यो कुरा मनमा राखिरहन सकेनन् । 'जसको फिल्म सबैभन्दा धेरै फ्लप छ, उही...,' उनले यसो भन्दै मञ्चबाट राजेशतिर इसारा गरे । भुवनको यो सार्वजनिक दुखेसो किन पनि अचम्मलाग्दो थियो भने, राजेशलाई 'महानायक' भनिए पनि त्यो कुनै औपचारिक उपाधि होइन । तर त्यो कार्यक्रममा भुवन दुःखी मात्रै देखिएनन् । केहीले 'किङ अफ रोमान्स' भन्दा चाहिँ सेतो सुट-प्यान्टमा ठाँटिएका नायक दंग परे । 'आजसम्म के कति गरें थाहा छैन, तर अब म मेरो उपाधिलाई सक्दो सार्थक पार्न कोसिस गर्नेछु,' भुवनले भनी पनि हाले । नेपाली इतिहासमै पहिलो सफल फिल्म 'कुसुमे रुमाल' रोमान्समै आधारित रहेको भन्दै उनले आफ्ना केही हिट फिल्मको नाम पनि लिए । लक्ष्मण सुवेदीको निर्देशन रहने 'एउटा साथी' को त्यो मुहूर्त कार्यक्रममा फिल्मका निर्माता शोभित बस्नेतले भुवनलाई 'किङ अफ रोमान्स' भनिनुपर्ने 'लहड' पेस गरेपछि नायिका रेखा थापाले शुभकामना दिँदै भनिन्, 'भुवन दाइ, अझै धेरै रोमान्स गर्दै जानुहोस् । मेरो शुभकामना ।' कलाकार रमेश बुढाथोकीले भुवनलाई 'रोमान्स गर्न अझ धेरै शक्ति मिलोस्' भनेर आशिष दिँदा उपस्थितहरूमाझ हाँसोको फोहोरा छुटेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.