Widgets

Home » , » खासा लैजाँदै गरेका तीन किशोरीको उद्धार, दलाल पक्राउ

खासा लैजाँदै गरेका तीन किशोरीको उद्धार, दलाल पक्राउ

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जागिर पाउने प्रलोभनमा परेर अर्काको नागरिकतामा फोटो टाँसेर खासा जाँदै गरेका तीन किशोरीलाई सीमा प्रहरी चौकी कोदारी र माइती नेपालले उद्धार गरेको छ । खासाको रेस्टुरेन्टमा काम लगाउने भन्दै किशोरी लैजाने एक युवक बिहीबार पक्राउ परेका छन् । बाह्रविसेमा मासिक २५ हजारको जागिर लगाउने ग्यारेन्टी गरेर किशोरीलाई राजधानीबाट लगिएको थियो । प्रहरी निरीक्षक मनोज लामाका अनुसार किशोरी लैजाने समूहमध्येको मार्मिन ७ का २१ वषर्ीय फूर्वा तामाङलाई पक्राउ गरिएको छ । समूहका अन्य सदस्य भागेको जानकारी प्रहरीले दिएको छ । केटाको नामको नागरिकतामा किशोरीको फोटो टाँसेर सीमा पार गराउन खोजिएको थियो । मितेरी पुल पार गर्न चिनियाँ अध्यागमनले नागरिकताको प्रमाणपत्र खोज्ने गर्छ । झापा, धादिङ र काठमाडौं घर बताउने किशोरीहरू तीनै जना १६-१७ वर्षका छन् । बाह्रविसे ल्याएपछि उनीहरूलाई तातोपानी नुहाएर खासा घुमाउन लैजाने भन्दै मितेरी पुल पुर्‍याइएको थियो । उनीहरू अहिले इलाका प्रहरी कार्यालय बाह्रविसेको नियन्त्रणमा छन् । २-३ वर्षयता नेपाली किशेारीलाई जागिर लगाइदिने भन्दै खासाको रेस्टुरेन्टमा यौन धन्दामा लगाउने गरिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger