भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोहा (कतार),नयाँ संविधान नबनेसम्मका लागि गणतन्त्र अस्थायी मात्रै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । नयाँ संविधान जारी भएपछि मात्रै गणतन्त्रबारे टुंगो लाग्ने उनले बताए । 'चुनाबलाई ब्यबस्थापन गर्न र नयाँ संबिधान नबन्नेजेलसम्मको लागि अन्तरीम कानुनी ब्यबस्था अनुसार गणतन्त्र राखिएको हो', दोहामा कार्यकताहरुलाई सम्बोधन गर्दै उनले भने, 'नयाँ संबिधानमा नबनेसम्म सबै ब्यबस्था अस्थायी भएको बताए ।' अध्यक्ष थापाले सात बर्षयता नेपालको हकमा गणतन्त्र असफल भइसकेकोले सबैलाई मान्य हुने राजसंस्था स्थापित हुनु आबश्यक रहेको जिकिर गरे । 'गणतन्त्रले राष्ट्रियतालाई रक्षा गर्न सक्तैन् । सुगौली सन्धीपछि राष्ट्रिय अस्तित्व सबैभन्दा कमजोर भएको छ', उनले भने,'अब दलहरुले लिएको गलत बाटो सच्चाउने मौका एकपटक आएको छ । यसमा सबै दलहरु सहमत हुनुको बिकल्प छैन ।' राजसंस्थाले न्युनतम शान्ति, स्थायीत्व र प्रजातन्त्र कायम राखेकोमा हाल ती आधारहरु भत्किएको तर्क अध्यक्ष थापाले गरे । ०६२/०६३को जनआन्दोलनमा दलहरुबीच नयाू संबिधान जारी नभएसम्म राजसंस्था कायम राख्ने सहमति भएको उनको भनाइ थियो । 'जनआन्दोलनले दिगो शान्ती स्थापना, प्रजातन्त्र सुदृढीकरण, मुलुकको आर्थिक बिकास र जनताबाट छानिएका प्रतिनिधिबाट नयाँ संबिधान बनाउने मात्रै उद्देश्य राखेको थियो,' उनले भने, 'कपट ढंगले राजसंस्था हटाइयो ।' दलहरुका दर्जन असक्षम, सत्ता लोलुपताबादी नेताहरुको कब्जामा देश गएकाले झन गम्भिर समस्या उत्पन्न भएको अध्यक्ष थापाले बताए । 'एक दर्जन नेताहरुको अकर्मन्यताका कारण देश कर्मचारीको शासनमा बस्नुपरेको छ । यसरी हरेक पटक बाटो उल्टो समातिरहेको छ', उनले भने, 'अब त्यसलाई सुधार्न हामीले बिकल्प दिएको छौं ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.