Widgets

Home » , » सीमा क्षेत्रमा अपराध गर्ने अन्तर्राष्ट्रिय गिरोह, सुराकी अपरेसन सुरु

सीमा क्षेत्रमा अपराध गर्ने अन्तर्राष्ट्रिय गिरोह, सुराकी अपरेसन सुरु

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ भदौ, काठमाण्डौं । सरकारले सीमा क्षेत्रमा हुने १७ अपराधमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको निष्कर्ष निकालेको छ । नेपाल-भारत सीमा क्षेत्रमा हालसम्म भएका आपराधिक घटनाका आधारमा अन्तर्राष्ट्रिय गिरोहको चलखेल रहेको निष्कर्ष निकालेको हो । सरकारले सीमा क्षेत्रमा ‘सुराकी अपरेसन’ गर्ने दिर्नेशनसमेत जारी गरेको छ । गृहमन्त्रालयद्धारा केहीदिन अघि जारी ‘सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण कार्ययोजना २०७०’ मा सीमा क्षेत्रमा हुँदै आएका आतंकवादी गतिविधि र साम्प्रदायिक घटनामा अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता रहेको किटान गरिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । त्यसैगरी भूमिगत सशस्त्र समूहका गतिविधिमा पनि अन्तर्राष्ट्रिय गिरोहको साथ रहेको सरकारी निष्कर्ष छ । सरकारले देशका विभिन्न सीमावर्ती सहरमा बढ्दो धम्की तथा चन्दा आतंक, अपहरण, विस्फोटक पदार्थ एवं हतियार ओसारपसार, जाली नोट कारोबार, दुर्लभ बन्यजन्तुको अवैध सिकार, वनपैदावार तथा प्राकृतिक स्रोतसाधनको गैरकानुनी ओसारप्रसार, पुरातात्विक महत्वका सामग्रीको चोरी निकासी जस्ता अपराधमा अन्तर्राष्ट्रिय आतंककारी संगठनहरुको चलखेल नै मुख्य कारण ठम्याएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger