Widgets

Home » , » टिम जिताउन पूजा र बलि

टिम जिताउन पूजा र बलि

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - अन्तर्राष्ट्रिय फुटबलमा सधैं निराशा भोग्दै आएको नेपाली राष्ट्रिय टोलीको सफलता कामना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार दशरथ रंगशालामा संकल्प पूजा गर्नुका साथै पञ्चबलि दिएको छ। यसै साता रंगशालामा दक्षिण एसियाका आठ देशको सहभागितामा सुरु हुने साफ च्याम्पियनसिपको आठौं संस्करणमा नेपाली टोलीको सफलता कामना गर्दै उक्त संकल्प पूजा र बलि दिएको एन्फा स्रोतले जानकारी दियो। साफ च्याम्पियनसिप १६ वर्षपछि घरेलु मैदानमा हुन लागेको हो। एन्फा अध्यक्ष गणेश थापा र उपाध्यक्ष महेश विष्ट शनिबार दिउँसो संकल्प पूजामा सामेल भए। काठमाडौंमा रहेका एन्फाका अन्य अधिकांश पदाधिकारी तथा सदस्य पूजा दौरान रंगशालामै थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामा पनि एन्फा पदाधिकारीलाई हौस्याउन पूजास्थल पुगेका थिए। दक्षिण एसियाली स्तरमा नेपालले सधैं उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा निकाल्न असफल भइरहेका बेला दशा टार्न यस्तो पूजापाठ गरिएको एन्फाका एक पदाधिकारीले बताए। 'साफ च्याम्पियनसिपमा हामीलाई सधंै भाग्यले ठग्ने गरेको छ। त्यसैले अहिले दूर्भाग्यको सिकार बन्नु नपरोस भन्ने कामनामा पूजा गरेका हौं,' उनले भने, 'हामीले प्रतियोगिता दौरान कुनै दुर्घटना नहोस् र सफलता साथ आयोजना सम्पन्न होस् भनेर पनि पूजा गरेका हौं।' एन्फाले दशरथ रंगशालामा मध्यराततिर पञ्चबलि दिएको थियो। मैदानको उत्तरी भागमा भेडा, बोका, हाँस, कुखुरा र अन्डा भोग दिइएको हो। पञ्चबलि दिनुअघि दिनभरजसो खेलदौरान पत्रकार सम्मेलन गर्ने हलमा लिपपोत गरी पाठपूजा गरिएको थियो। दिउँसो करिब २ बजे सुरु भएको संकल्प पूजा सकिएपछि साँझ पौने सात बजे पञ्चबलि पूजा सुरु भयो। विगतमा पनि अन्य प्रतियोगिता गर्दा एन्फाले सफल आयोजनाको कामनासहित बलि दिने गरेको थियो। 'यस्तो पूजा पहिले पनि हुन्थ्यो, कुनै ठूलो कुरा होइन। धर्ममा आस्था राख्नेले परम्पराअनुसार पूजाआजा गर्नु राम्रो हो,' एन्फाका अर्का पदाधिकारीले भने, 'हामीले पूजामात्र गरेर जितको कामना गरेका छैनौं। जितका लागि लामो समयदेखि राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा राखेर विशेष रूपमा तयार पारेका छौं। हामी खेलले पनि जित्न लायक छौं।' साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली हाल अरब राष्ट्रको भ्रमणमा छ। बहराइनमा ११ दिन बसेर दुई खेल खेलेपछि कुवेत पुगेको टोली आइतबार नेपाल फर्कने योजना छ। कुवेतमा नेपालले तीन अभ्यास खेल खेल्यो। सन् १९९७ मा काठमाडौंबाटै सुरु भएको दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो मेलामा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। १९९९ मा भारतको गोवामा सम्पन्न दोस्रो संस्करण र २०११ मा नयाँदिल्लीमा सम्पन्न सातौं संस्करणमा सेमिफाइनलसम्म पुग्नु नै प्रतियोगितामा नेपालको अहिलेसम्मको सफल नतिजा हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger