Widgets

Home » , » १० बर्षपछि भेटिए छोरा

१० बर्षपछि भेटिए छोरा

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

भीमबहादुर

मध्य प्रदेशको रिबामा श्रमिक रहेका बाबुलाई भेट गर्न हिंडेका अछाम, बर्दादेवी-७ का भीमबहादुर साउद घरबाट निस्केको १० बर्षपछि मात्रै भेटिएका छन् । कोलकाताबाट १ सय १६ किलोमिटर उत्तरस्थित भारत-बंगालादेशको सिमानामा पर्ने पेट्रापोलमा भेटिएका २४ बर्षीय भीमबहादुरले आफ्ना बाबु नरपतिबहादुरको नाम र आफ्नो गाउँको नाम मात्रै भन्न सकेका थिए । स्थानीय बंगाली पसलेले दिएको जानकारीका आधारमा कोलकातास्थित महाबाणिज्य दूतावासले गत भदौ १ गते भीमबहादुरलाई फेला पारेर जिम्मामा लिएको थियो । पेट्रापोलबाट उद्धार गरेर कोलकाता ल्याएपछि भीमबहादुरलाई स्थानीय नेपाली मुक्ति ढकालले आश्रय दिएका थिए । 'त्यति धेरै र स्पष्टसँग कुरा भन्न नसक्ने अवस्थामा रहेका भीमबहादुरबाट पाएको विवरणका आधारमा अछामस्थित रामारोशन एफएमबाट यो सूचना जारी गरेका थियौं', कोलकातास्थित महाबाणिज्यदूत चन्द्रकुमार घिमिरेले भने-'त्यो एफएमको सूचना सुनेर भीमबहादुरका आफन्त सम्पर्कमा मात्रै आउनुभएन, बीरगंजस्थित जिल्ला प्रशासनको मातहतमा आएर आफ्नो छोरालाई जिम्मा लिइसक्नुभएको छ ।' गत शुक्रबार भीमबहादुर काका बिजय साउदले आफन्तको जिम्मा लिइसकेका छन् । यो प्रकृया पुरा गर्न अछाम र पर्साका जिल्ला प्रशासन कार्यालयले समन्वयकारी भूमिका निभाएका थिए । भीमबहादुरका बाबु अहिले पनि राजस्थानमा मजदुरी गरिरहेका छन् । सानै उमेरदेखि मानसिक रुपमा थोरै बिचलित रहेका भीमबहादुरले अछामको बर्गादेवीस्थित जनज्योती प्राविबाट ८ कक्षा उत्तीर्ण गरेका छन् । उनी गाउँमा सौतेनी आमाको आश्रयमा रहँदै आएका थिए । १० बर्षअघि उनी जयपुरको राजस्थानबाट मध्यप्रदेशको रिबामा बाबु भेट्न बसयात्रामा थिए । त्यसपछि एकाएक बेपत्ता बनेका उनलाई अभिभावकले राजस्थान, मध्यप्रदेश र महाराष्ट्रका थुप्रै रोजगारी गन्तव्यमा खोजी गरेका थिए । तर कहीं फेला नपरेपछि छोराको माया मारेर बसेका थिए । बंगालादेशको सिमावर्ती पेट्रापोलमा भने भीमबहादुर सडकमा सुत्ने गर्थे । उनलाई स्थानीय किराना पसलेले खानपिन दिंदै आएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger