Widgets

Home » , » प्रहरीले नै लुटे २५ किलो सुन

प्रहरीले नै लुटे २५ किलो सुन

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

gold

काठमाडौं, भाद्र ९ - काठमाडौं परिसरको विशेष टोलीमा काम गर्ने दुई प्रहरी जवानले २५ किलो सुन लुटेको खुलासा भएको छ । घुमुवा प्रहरी नारायण थापा र राजकुमार माझीले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन लिएर आएको गाडीलाई तीन साताअघि काभ्रेको धुलिखेलबाट अपहरण गरी भकुन्डेबेसी पुर्‍याई सुन लुटेका हुन् । उनीहरूलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ । उनीहरूले ६ जना लुटेराको पनि सहयोग लिएको प्रहरी स्रोतले बतायो । तर लुटिएको सुन अझै बरामद भएको छैन । थापा उनै हुन्, जसले दुई महिनाअघि काठमाडौं परिसरले बरामद गरेको १६ किलो सुनको सूचना दिएका थिए । सुन बरामद र पक्राउमा मुख्य भूमिका निभाएका उनले चित्तबुझ्दो कमिसन नपाएपछि आफैंले पाएको सूचनाका आधारमा रेकी गर्न जाँदा लुटपाटको मनसाय बनाएको प्रहरी बताउूछ । तातोपानीबाट सुन आउूदै छ भन्ने सूचना पाएर साउन १४ गते उनीहरू रेकी गर्न गएका थिए । उक्त सुन तस्कर दोर्जे शेर्पाको हो । शेर्पा आफैंले गाडी चलाएर सुन लिएर आइरहेका थिए । सूचना पाएपछि थापा र माझी दुई/तीन दिनदेखि नै काभ्रेमा थिए । उनीहरूले सुन आएको पुष्टि भएपछि काठमाडौंको विशेष टोलीलाई खबर गरेर पक्राउ तथा बरामदका लागि बनेपा बोलाएका थिए । 'काठमाडौंबाट गएका ६/७ जनालाई बनेपामा पर्खिन लगाएर उनीहरूले धुलिखेलदेखि गाडी भकुन्डेबेसीतर्फ मोडे,' एक प्रहरी अधिकृतले भने, 'बनेपामा बसेकाहरू पर्खिएरै बसिरहे ।' घन्टौंसम्म पनि नआएपछि शंका लागेर उनीहरूले सोधखोज गर्दा आफ्नै टोलीका सदस्यले बेइमानी गरेको थाहा भएको थियो । काठमाडौंबाट गएको निरीक्षक कृष्ण चन्दसहितको टोली बनेपामा पर्खेर बसेको थियो । त्यही क्रममा काभ्रेमा निजी गाडी अपहरणमा परेको सूचना आयो । खोजतलासी गर्दा भेटिएन । एक घन्टापछि गाडी भक्तपुर र काभ्रेको नाका साँगामा भेटियो । गाडीमा सुन मालिक दोर्जे, उनको सालो र आमा थिए । साँगा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा दोर्जेले आठ जना गुन्डाले गाडी अपहरण गरेको बताए । प्रहरीले दोर्जेले बताएको हुलियाका आधारमा जाहेरी लिए पनि केही खुलेको थिएन । तर सुन बरामद गर्न गएको काठमाडौं परिसरको टोलीले गाडी अपहरणमा पर्नुलाई गम्भीरताका साथ लिँदै अनुसन्धान गर्दा प्रहरीकै संलग्नता खुल्न गएको हो । सुन लुटिएको खबर पाएपछि त्यसमा संलग्न प्रहरीबाहेक चार जना पक्राउमा परे । उनीहरूले प्रहरीकै मिलेमतोमा सुन लुटिएको बयान दिएका थिए । 'पहिला त यिनीहरूले यस्तो गर्लान् भन्ने लागेन, गाडी नै फेला परेन भन्दै आइपुगेका थिए,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक अधिकृतले भने, 'पक्राउ परेका चार जनाले थापा, माझीको मिलेमतोमा लुटपाट गरेको बताउूदा अनौठो लाग्यो ।' नियन्त्रणमा लिएर सोधपुछ गर्दा पनि थापा र माझीले इन्कारी बयान दिएको स्रोतले बतायो । 'परिस्थितिजन्य प्रमाणले यिनीहरूको संलग्नता देखिएको छ,' एक अधिकृतले भने, 'राम्रै काम गरिरहेका केटाहरूलाई लालचले बिगार्‍यो ।' थापालाई ६ वर्षअघि कारागारबाट विशेष टोलीमा तानिएको थियो । सूचनाहरू राम्रा र भरपर्दो ल्याउने गरेका थिए । पक्राउ परेका चार जनालाई सार्वजनिक मुद्दा लगाएर थप अनुसन्धान भइरहेको छ । बाँकी दुई फरारको खोजी जारी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger