Widgets

Home » , » एकै गाउँका दुईसय सातजना बिरामी

एकै गाउँका दुईसय सातजना बिरामी

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ साउन, रुकुम । रुकुमको खोलागाउँ गाविसमा एकैसाथ २०७ जना बिरामी भएका छन् । खोलागाउँ वडा नं ७ र ८ सानाखोलाका ८० जना स्थानीयवासी र जनकल्याण माविमा अध्ययनरत १२७ जना विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, आँखा, नाकबाट पानी बग्ने, रातभर पसिना चुहिने लक्षण देखिएको हो । हप्ता दिनअघि सुरु भएको समस्याका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ भने स्थानीय बासिन्दा आˆनो दैनिक कामकाजमा समेत सहभागी हुन सकिरहेका छैनन् । उपस्वास्थ्य चौकीमा औषधि नभएपछि बिरामी थप समस्यामा परेका छन् । यसअघिका उपस्वास्थ्य चौकी इन्चार्ज बिदामा बसेका र अन्य स्वास्थ्यकर्मी पनि नभएपछि अझ समस्या झेल्नुपरेको बिरामीले गुनासो गरेका छन् । कार्यालय सहयोगीको भरमा खुल्ने उपस्वास्थ्य चौकीमा कोटि्रनबाहेक अरू कुनै औषधि नभएको मावि सानाखोलाका शिक्षक विनोद शर्माले बताउनुभयो । विद्यार्थी बिरामी भएपछि पढाइ बन्द गरिएको र स्थानीयवासी पनि बिरामी हुने क्रम नरोकिएपछि थप औषधिको माग गरिए तापनि औषधि गाउँसम्म नपुगेको उहाँले बताउनुभयो । रोग फैलँदै गएपछि स्वास्थ्यकर्मी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, गाविस सचिव प्रहरीलगायतको संयुक्त टोलीले रोग प्रभावित क्षेत्रको सामूहिक अनुगमन गरेको छ । अनुगमनका क्रममा फोहर पानी नपिउन सल्लाह दिइएको छ । यता जिल्ला अस्पताल सल्लेले भने रोग फैलिएको बारेमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger