Widgets

Home » , » सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइयो

सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइयो

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ साउन, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले सारश्वर घटनामा पक्राउ परेका २८ जनामाथि मुद्दा चलाइएको छ । सामाजिक सद्भाव कायम गर्न अप्ठयारो हुने भन्दै मुद्दा नचलाउन राजनीतिक दलहरूले व्यापक दबाब दिए पनि प्रशासनले वास्ता नगरी मुद्दा चलाएको हो । सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार सारश्वर-७ का मोहम्मद रहिम साफी, वडा नं ८ का मोहम्मद जासिम साफी र मोहम्मद मस्तकिम राइनमाथि केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूलाई सारश्वरनाथमा जल चढाउन आउने दर्शनार्थी युवतीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । यस्तै, सारश्वरमा लुटपाट र आगजनी गरेको आरोपमा पक्राउ परेका २४ जनामाथि पनि मुद्दा चलाइएको छ भने कटुवा पेस्तोलसहित पक्राउ परेका एक युवकमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले पक्राउ परेकाहरूलाई बिनासर्त रिहा गर्नुपर्नेलगायतका पाँचबुँदे माग स्थानीय प्रशासनसँग पूरा गराउने सहमति गरेको थियो । तर सो सहमतिलाई बेवास्ता गरी प्रशासनले पक्राउ परेकाहरूमाथि मुद्दा चलाएको प्रति राजनीतिक दलका प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य विजय यादवले पाँचबुँदे सहमतिअनुसार सारश्वर घटनामा पक्राउ परेकाहरूमाथि प्रशासनले चलाएको मुद्दा फिर्ता लिनुपर्ने बताउनुभयो । सारश्वरमा सद्भाव कायम गर्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय अगुवालगायतको भेलाबाट पक्राउ परेकाहरूलाई बिनासर्त रिहाई, सशस्त्र प्रहरी बेस क्याम्पको स्थापनालगायतका पाँचबुँदे सहमति गरिएको थियो ।सामाजिक सद्भाव कायम गर्न सद्भाव र्‍याली र सामाजिक सद्भाव कायम राख्न गाउँ रेखदेख समिति गठन भए पनि सारश्वरबाट विस्थापित भएकाहरू घर फर्केका छैनन् । घटना पुनः दोहोरिन सक्ने भयले उनीहरू घर नफर्केको स्थानीयवासीले बताएका छन् । विस्थापितहरू घर नफर्केकाले गाउँ सुनसान बनेको छ । गत शनिबार सारश्वरनाथ मन्दिरमा जल चढाउन आउने दर्शनार्थी युवतीलाई अभद्र व्यवहार गरेको विषयमा झडप भएको थियो । उक्त झडपमा ५२ घरमा लुटपाट र ११ वटा घरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger