Widgets

Home » » यस्ता छन् ग्यालेक्सी एस फोरका दुइ नयाँ संस्करण, जुम र एक्टिभ (फोटोफिचर सहित)

यस्ता छन् ग्यालेक्सी एस फोरका दुइ नयाँ संस्करण, जुम र एक्टिभ (फोटोफिचर सहित)

Written By sangalo on Monday, June 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले आफ्नो ध्वजाबाहक स्मार्टफोन ग्यालेक्सी एस फोरका दुइ नयाँ संस्करण सार्वजनिक गरेको छ । ग्यालेक्सी एस फोर जुम र ग्यालेक्सी एस फोर एक्टिभ नामका दुइ नयाँ ग्यालेक्सी एस फोर स्मार्टफोन सामसुङले सार्वजनिक गरेको हो । दुइ नयाँ स्मार्टफोनका विशेषता निम्न छन् :
Untitled-1
ग्यालेक्सी एस फोर जुम उच्च फोटोग्राफिक क्षमतायुक्त स्मार्टफोन हो । यसमा १० गुणा अप्टिकल जुम, १६ मेगापिक्सेल सिएमओस सेन्सर, जेनन फ्लास सँगै ग्यालेक्सी एस फोर प्रविधि छ । जबकी अगाडिको क्यामरा १.९ मेगा पिक्सेलको रहेको छ । यो स्मार्टफोनको पछाडि रहेको क्यामरा उच्च क्षमतायुक्त रहेको र यसले स्मार्टफोन तथा फोटोग्राफीका सौखिनहरुका लागि एक्लै सन्तुष्टि प्रदान गर्ने दाबी सामसुङको छ । यसमा रहेको आन्तरिक अप्टिकल इमेज स्टाबिलाइजर अर्थात् ओआइएसले क्यामरालाई स्थिर राख्न मद्दत गर्छ र जसबाट स्पष्ट तस्वीर लिन सकिन्छ । यो प्रविधिले जूम गरेर पनि स्पष्ट तस्वीर तथा भिडियो खिच्न सम्भव पार्छ ।
Untitled-2
यो स्मार्टफोनको अर्को विशेषता भनेको फोनमा कुरा गर्दागर्दै तस्वीर खिचेर पठाउन सक्नु हो । सामसुङका अनुसार यो स्मार्टफोनमा कसैसँग कुरा गरिरहेको बेला कुरा बिचमै रोकेर जूम रिङ मोडेपछि इनकल फोटो शेयर फिचर एक्टिभेट हुन्छ, जसबाट कुनै तस्वीर खिचेर फोनमा कुरा गरिरहेको व्यक्तिलाई पठाउन सकिन्छ । यो स्मार्टफोनको ४.३ इन्चको स्त्रिmन रहनुका साथै यो एन्ड्रोइड ४.२ -जेली बिन) अपरेटिङ सिस्टमबाट संचालित छ । यसमा ८ जिबी इन्टरनल मेमोरी हुनुका साथै त्यसलाई ६४ जिबीसँग पूराउन सकिन्छ ।
Untitled-4
त्यस्तै ग्यालेक्सी एस फोरको अर्को रुप ग्यालेक्सी एस फोर एक्टिभ खासगरी घुमफिर गरिरहने मानिसहरुका लागि लक्षित गरिएको सामसुङले जनाएको छ । यो धूलो तथा पानी प्रतिरोधी भएको दाबी गर्दै उसले पूर्णरुपमा सिल गरिएको हुँदा यसलाई धूलोका कण तथा पानीले असर पूराउन नसक्ने बताएको छ । १ मिटर गहिरो पानीमा ३० मिनेटसम्म डुबाउँदा पनि यसमा केही असर नपर्ने सामसुङले जनाएको छ । यो स्मार्टफोनको नयाँ विशेषता भनेको यसको ग्लोभ टच प्रविधि हो । अर्थात् हातमा पञ्जा लगाएर पनि यसको स्त्रिmनमा छोएर चलाउन सकिन्छ । यसको एयरफोन ज्याक पनि पानी प्रतिरोधी रहेको दाबी सामसुङको छ । यसमा ८ मेगापिक्सेलको क्यामरा, एलइडी फ्लास लाइट, २ मेगापिक्सेलको अगाडिको क्यामरा रहेको बताइएको छ ।
Untitled-3

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger