Widgets

Home » » सेप्टेम्बर १० मा नयाँ आइफोन

सेप्टेम्बर १० मा नयाँ आइफोन

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आइफोन निर्माता कम्पनी एप्पलले आउँदो सेप्टेम्बर १० तारिखका दिन नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने भएको छ । टेक्नोलोजी ब्लग अल दिंग्स डी का अनुसार सेप्टेम्बर १० मा हुने विशेष समारोहमा आइफोनले आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गर्नेछ । यद्यपि आइफोन आफैले भने यस बारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । एप्पलका प्रडक्टको सार्वजनिकिकरणलाई प्रविधि उद्योगको क्षेत्रमा निकै महत्वपूर्ण रुपमा लिइन्छ ।
iphone
स्मरण रहोस् संचार संस्था रोयटर्सले गएको जुन महिनामा एप्पलको आगामी योजनाबारे खुलासा गरेको थियो । विभिन्न श्रोतलाई उधृत गर्दै रोयटर्सले एप्पलले अहिलेको भन्दा ठूलो स्क्रिन भएको तथा सस्तो मूल्यका आइफोन निर्माण गरिरहेको समाचार रोयटर्शले प्रकाशन गरेको थियो । एप्पलका प्रडक्टको सार्वजनिकीकरणलाई प्रविधि जगतमा निकै महत्वका साथ हेरिन्छ ।  न्या आइफोनको नाम के रहला ? भन्ने विषयमा विभिन्न अड्कलबाजी समेत हुने गरेका छन् ।
केही समयपहिले एक साइटले प्रकाशन गरेको समाचार अनुसार एप्पलले एउटा मात्र नभएर दुइवटा आइफोन एकैचोटी सार्वजनिक गर्दैछ । त्यसमध्ये एउटा आइफोन सस्तो मूल्यको हुनेछ र त्यसको नाम आइफोन ६ हुनेछ । अर्को आइफोनको नाम आइफोन ५ एस हुने भविष्यवाणी उक्त साइटले गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger