Widgets

Home » , » मंगल ग्रहमा जान १ लाख बढीको आवेदन

मंगल ग्रहमा जान १ लाख बढीको आवेदन

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मंगल ग्रहमा जीवन सम्भव छ त भन्ने प्रश्न अझै अनुत्तरित छ । तर, मंगल ग्रहमा जानका लागि १ लाखभन्दा बढीले आवेदन दिएका छन् । मार्स वान नामक कम्पनीले मंगल ग्रहमा जान चाहनेहरुलाई आवेदन दिन आह्वान गरेको थियो । यो यात्रा जानका लागि हो । फर्किन कुनै व्यवस्था छैन ।
mangalसन् २०२२ मा प्रस्तावित मंगल ग्रहको यो परियोजनाको उदेश्य त्यहाँ कोलोनी बनाउन हो । कम्पनीका मुख्य कार्यकारी अधिकृत सीईओ एवं सह संस्थापक बास ल्यासड्रापले मंगलग्रह जान चाहनेहरुको संख्या धेरै भएको बताएका छन् । यद्यपि उनले आवेदकमध्ये कतिले शुल्क बुझाएका छन् भन्ने खुलाएनन् ।
मंगल ग्रह जानका लागि उमेर १८ वर्षभन्दा बढी हुनुपर्छ । तर, शुल्क भने निवेदकको राष्ट्रियतामा निर्भर गर्छ । जस्तो कि अमेरिकी नागरिककलाई आवेदन शुल्क ३८ डलर छ । आवेदकको शुल्क देशको प्रतिव्यक्ति आयका आधारमा तय गरिएको कम्पनीले जनाएको छ ।
मार्स वानका अनुसार यस वर्ष आवेदकहरुमध्ये बाट अलग अलग महाद्वीपबाट ४० सदस्यीय अन्तरिक्ष यात्रु छानिनेछ । उनीहरुमध्ये २ महिला र दुई पुरुष २०२२ मा मंगल ग्रह जान पाउनेछन् । उनीहरुले २०२३ मा मंगल ग्रहमा पाइला टेक्नेछन् । चार जनाको अर्को समूह त्यसके दुई वर्षपछि पठाइनेछ ।
मंगल ग्रह जानका लागि अन्तरिक्ष यात्रीहरुले ८ वर्षको प्रशिक्षण लिनुपर्छ । यसक्रममा घर मर्मत, केही क्षेत्रमा तरकारी उब्जाउन, दात दुखाई, मांसपेशीको दुखाई, हड्डी भाँचिएको उपचार गर्न पनि सिकाइन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger