भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुम्बई (एजेन्सी), जेष्ठ ७ - भारतको मुम्बई म्युनिसिपल कर्पोरेसन -बीएमसी) ले सार्वजनिक स्थलमा महिलाको अर्धनग्न पुतला राख्नमा प्रतिबन्ध लगाउने भएको छ । बजारमा कपडा पसलअघिल्तिर यस्तो बुत राख्नुलाई उसले अश्लीलता मानेको छ । मुम्बई मिररमा प्रकाशित रिपोर्टअनुसार गत साताको बैठकमा बीएमसीले यो स्वीकृति दिएको हो । यो डमीलाई सेक्स ट्वाइजको रूपमा हेरिने हुनाले बजारमा महिलालाई हिँड्न कठिन हुने गरेको उसको तर्क छ । पसलेले महिलाको अन्तरवस्त्रको प्रचारका लागि यस्तो बुतको प्रयोग गर्छ । महानगर आयुक्तको स्वीकृतिपछि यो लागू हुनेछ । मेयर सुनील प्रभुका अनुसार बढ्दो यौन हिंसालाई ध्यानमा राखेर यस्तो अश्लीलता प्रदर्शित गर्ने सामग्रीमा प्रतिबन्ध लगाउनु जरुरी भएको छ । आयुक्तको जवाफ आउनेबित्तिकै नयाँ निर्देशिका तयार पारेर लागू गरिने उनले बताए । विपक्षी दल भारतीय जनता पार्टी र शिव सेनाले यसको घोर विरोध गरेको थियो
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.