Widgets

Home » » सगरमाथा माथि ८० वर्षपछि उड्दा...(फोटो फिचर)

सगरमाथा माथि ८० वर्षपछि उड्दा...(फोटो फिचर)

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

काठमाडौं, चैत २१ (नागरिक)-विश्वको सर्वोच्च शिखर सगरमाथा माथि पहिलो पटक जहाज उडेको आज बुधबार ८० वर्ष भएको छ। सन् १९३३ अप्रिल ३ (१९८९ चैत २२ ) मा बेलायतका दुई पाइलटले सगरमाथामाथि जहाज उडाएका थिए। मानव इतिहासमै नौलो काम गरेका ती दुई पाइलट हुन्- डेभिड फौलर मेकिन्टायर र डग्लस हेमिल्टन। उनीहरूमध्ये हेमिल्टनका नाति चार्ल्स डग्लस हेमिल्टन अहिले आफ्ना हजुरबाको कीर्तिमान मनाउन मनाउन काठमाडौंमा छन्।
उनलाई निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले काठमाडौं बोलाएको हो। चार्ल्ससँगै स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका पत्रकारहरूले बुधबार यतीको जेटस्ट्रिम-४१ जहाजबाट सगरमाथाको फन्को लगाउँदै हेमिल्टन र मेकिन्टायरलाई सम्झिए।
८० वर्षअघि एउटामात्र इन्जिन भएको जहाजबाट ती दुईले सगरमाथा फन्को मारेका थिए। अहिले भने यतीको २९ सिट क्षमताको डबल इन्जिनवाला जहाजले डेढ घन्टा यात्रा गराएको हो।
यतीले 'विशेष सगरमाथा' उडान गरेको यो जहाजलाई क्याप्टेन बोधराज निरौला, को-पाइलट किरणमान प्रधान र एयर होस्टेस हसिना श्रेष्ठले गन्तव्य पुर्यायएर फर्काएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger