Widgets

Home » » क्यान्सरको पारिवारिक सम्बन्ध

क्यान्सरको पारिवारिक सम्बन्ध

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Canceer

एजेन्सीहरु, श्रावण १० - परिवारका सदस्यलाई क्यान्सर भएको भए तपाईमा पनि त्यस्तै प्रकारको क्यान्सरको सम्भावना बढी हुने मात्रै नभएर अन्य प्रकारको क्यान्सर हुने सम्भावना पनि छ-एक अध्ययनको निश्कर्ष छ । ईटाली र स्वीजरल्यान्डका २३ हजार मान्छेमा गरिएको पछिल्लो अनुसन्धानले १३ प्रकारको क्यान्सर भएका व्यक्तिको परिवारका नजिकका सदस्यलाई पनि त्यस्तो खालको रोगको सम्भावना बढी हुने निश्कर्ष निकालेको हो । अध्ययनले परिवारको एक जनालाई भएको एक खालको क्यान्सरले अन्य सदस्यमा अरु खालको क्यान्सर हुने सम्भावनासमेत बढाउँछ । अध्ययन गर्ने क्यान्सर च्यारिटीले बताए अनुसार अन्य सदस्यलाई क्यान्सर हुने सम्भावना जिन, जीवनशैली र वातावरणमा पनि निर्भर गर्छ । एनल्स अफ अनकोलेजीमा प्रकाशित यो अनुसन्धानले शरीरका बिभिन्न भागमा क्यान्सर भएका १२ हजार रोगीलाई समेटेको छ । उनीहरुलाई क्यान्सर नभएका ११ हजार मान्छेसाग तुलना गरिएको थियो । अनुसन्धानका क्रममा परिवारमा भएको क्यान्सरको ईतिहासको बारेमा तथ्य जम्मा गरिएको थियो । बिशेषतः ५० प्रतिशत भन्दा बढी जिन मिल्ने नजिकका नातेदार (अभिभावक, दाजुभाई दिदिबहिनी, सन्तान) को क्यान्सरको ईतिहासर र जोखिमबारे तथ्य संकलन गरिएको थियो । अध्ययन अनुसार घाँटीको क्यान्सर भएकाका नजिकका नातेदार (अभिभाभवक, सन्तान, दाजुभाई दिदीबहिनी) लाई त्यस्तै प्रकारको रोग हुने सम्भावना सामान्य भन्दा तीन गुणा हुन्छ । कसैलाई स्तन क्यान्सर भएका छन् भने उनका नजिकका नातेदार महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना सामान्य भन्दा दोब्बर हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger