Widgets

Home » » भतिजको योजनामा बलात्कार

भतिजको योजनामा बलात्कार

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

rape case

बुटवल, श्रावण १० - भतिजको योजनामा रुपन्देहीकी एक अपाग महिलामाथि सामूहिक बलत्कार भएको छ । पश्चिम अमुवा ४ की २८ बर्षीया महिलामाथि आफ्नै घरमा बलत्कार भएको हो । जेठाजुका छोरा १८ वर्षीय वसन्त रेग्मीसहित स्थानीय ३ युवाले शनिबार राति ती महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ । सासु र दुई छोराछोरीसहित घरमा बस्ने महिला त्यो साँझ नाबालकछोरासंग मात्र थिइन् । जन्मजात कान नसुन्ने उनी बोल्न र सुन्न दुवै सक्दिनन् । उनको शारीरिक असक्षमताको फाइदा उठाउँदै पीडकहरुले बलात्कार गरेका हुन् । नातामा भतिज पर्ने वसन्तको योजना अनुसार उनका साथीद्वय सागर सुनार र प्रेम विकलाई बलत्कारमा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार साँझको खानापछि ८ बजेतिर सासु धान रोप्न खेताला खोज्न भन्दै छिमेकीकोमा गएको मौका छोपेर तीनै जना पीडित महिलाको कोठामा छिरेका थिए । राति करिब साढे १० बजेतिर सासु घर फर्किदा महिला रगताम्य भएर रुदै बसेकी थिइन् । त्यसपछि मात्र सासुले बुहारीको न्यायकालागि छिमेकी गुहारेकी थिइन् । पीडित महिला माइती नेपाल रुपन्देहीको संरक्षणमा छिन् । पीडितको उजुरी अनुसार प्रहरीले बलत्कारमा संलग्न तीनै जनालाई पक्राउ गरेकोे छ । पीडित महिलाका पति पनि बहिरा छन् । बहिरा भएपनि उनी रोजगारीका लागि भारत गएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger