Widgets

Home » » पेट्रोलियम व्यावसायीसँगको वार्ता निष्कर्षहीन

पेट्रोलियम व्यावसायीसँगको वार्ता निष्कर्षहीन

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं चैत २१ - पेट्रोलियम व्यावसायी र वाणिज्य सचिव लालमणि जोशीबीच भएको वार्ता विनानिर्ष्कष टुंगिएको छ। व्यावसायीले पेट्रोलियम पदार्थ तथा ग्यास कारोबार नियमन आदेश खारेज हुनुपर्ने शर्त दोहोर्‍याएपछि वार्ता विनानिर्ष्कष टुंगिएको हो। वाणिज्य सचिव जोशीले नियमन आदेश तत्काल कार्यान्वयन नगरिने प्रस्ताव राख्दा व्यवसायीले असहमति जाहेर गरेका थिए। 'हामीले पहिला नियमन आदेशको असहमतिका बुँदाका बारेमा छलफल गर्न भनेका थियौ। यो विषयमा पनि उहाँहरु सहमत हुनभएन,' उनले नागरिकन्यूजसँग भने, 'हामीले नियमन आदेश तत्काल कार्यान्वयनमा नल्याउने प्रस्तावमा पनि उहाँहरु मान्नुभएन।' उनका अनुसार व्यवसायीले नियमन आदेश खारेजै हुनुपर्ने माग राखेकोले वार्ता निर्ष्कषमा नपुगेको हो। वाणिज्य सचिव जोशीसँगको वार्ता असफल भएपछि वाणिज्यमन्त्री शंकरप्रसाद कोइरालासँग बेलुका छलफल हुँदैछ। 'मन्त्रीज्यूले हामीलाई बेलुका छलफलमा बोलाउनुभएको छ। मन्त्रीज्यूसँगको वार्ता पनि असफल भएमा हड्ताललाई अघि बढाउँछौ,' नेपाल पेट्रोलियम ट्याकर ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर वोहोराले भने।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger