Widgets

Home » , , » आज उल्का वर्षा (नासाको लाइभ भिडियो सहित)

आज उल्का वर्षा (नासाको लाइभ भिडियो सहित)

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आज सोमबार राति नेपाली आकाशमा उल्का वर्षा हुँदैछ । सामान्य बोलिचालीमा तारा खसेको समेत भनेर चिनिने यस्तो उल्का वर्षा अवलोकनका लागि कुनै उपकरणको आवश्यकता नपर्ने र नांगो आँखाले समेत आकाशमा हेरेर यसको मनोरञ्जन लिन सकिने खगोलविद्हरुले जनाएका छन् । तर बादल लागेको तथा पानी परेका कारण उल्का वर्षाको दृश्य हेर्नमा भने कठिनाइ हुनेछ ।
1
यस्तो उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म हुनसक्ने बताइएको छ । पुछ्रेताराले छाडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घश्रणका कारण बल्न गई चम्किलो हुने गर्छन् । त्यसैलाई उल्का वर्षा भन्ने गरिन्छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले उल्का वर्षाको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । प्रत्यक्ष प्रशारण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वैज्ञानिकहरुका अनुसार हरेक वर्ष जुलाई १७ देखि अगष्ट २४ सम्म उल्कावर्षा सक्रिय हुने गर्छ । स्विफ्ट टटल नामक पुछ्रेताराले सुर्यको परिक्रमाका क्रममा छाडेका धूलोका कणहरु पृथ्वीको कक्षमा प्रवेश गर्ने गर्छन् । तिनैलाई उल्का वर्षा भन्ने गरिन्छ । यस्ता पदार्थहरु निकै उच्च गतिमा पृथ्वीको वायुमण्डमा प्रवेश गर्दछन् र त्यहीँ जलेर नष्ट हुन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger