Widgets

Home » » बिचरा यी बालक : जसको जिउमा आफै आगो दन्किन्छ

बिचरा यी बालक : जसको जिउमा आफै आगो दन्किन्छ

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आत्मदाह गर्दा मान्छेले आफ्नो जिउमा आफै आगो लगाएको त सुनिएकै हो । यसरी जिउमा आगो लगाउँदा आगोको श्रोतबाट आगो बालेर जिउमा झोँस्नुपर्छ । तर भारतमा एकजना यस्ता बच्चा छन् जसको जिउमा आफै आगो बल्छ ।
1
भारतको तमिलनाडुमा रहेका तिन महिनाका राहुल नामका बालकमा यस्तो भयानक, दर्दनाक तथा अनौठो रोग छ । सुन्दै आङ सिरिंग हुने रोग हो त्यो । उनको सरीरबाट आफै आगोको ज्वाला निस्किन्छ र ह्वारह्वार्ती आगो बलेर आफैलाई जलाउन थाल्छ ।
उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ । यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।
2
अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर -एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ । जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।
3
स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।
4

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger