भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कल्याणपुर(सप्तरी)- गएराति हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको अनुसन्धानका लागि ल्याइएका तालिम प्राप्त कुकुरले घटना स्थलभन्दा तीन सय मिटर दक्षिणमा एक जोर चप्पल र सर्ट र फेला पारेका छन्। 'बुस' नामक जासुसी कुकुरले पेट्रोल पम्प नजिकवाटै बग्ने खहरे खोला नजिकैबाट चप्प तथा सर्ट फेला पारीएको हो। फेला पारिएको सर्ट तथा चप्पल मृतक मियाँको नरहेको गाउँलेहरुको भनाइ छ। उक्त चप्पल तथा सर्ट हत्याराको हुनसक्ने प्रहरीको अनुमान छ।
मियाँको हत्यामा संलग्न रहेकाहरु भाग्ने क्रममा रगतले लतपत सर्ट तथा चप्पल त्यहाँ छाडेर भागेका हुनसक्ने सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जाय सिंह बस्नेतले बताए। 'हामी जिरो लेभेलबाट अनुसन्धान थालेको छौं, फेला परेको चप्पल तथा सर्ट अनुसन्धानका लागि ठूलो आधार बन्नसक्ने छन्', एसपी बस्नेतले भने, 'केन्द्रीय अनुसन्धान व्यूरोका टोली पनि आक्षइरहेको छ, हामी घटनाको तहसम्म पुग्ने प्रयासमा छौं।' हालसम्मका अनुसन्धानका आधारमा हत्यामा कम्तीमा दुई जनाको संलग्ना हुनसक्ने अनुमान उनको छ।
यता घटना स्थलसँग सम्पूर्ण सप्तरी जिल्लानै तनावमा छ। शव अहिलेसम्म पनि कल्याणपुर–२ विसनपुरस्थित हुमा आयल ट्रेडर्समै छ। उनका आफ्न्तजन तथा समर्थकले गृहमन्त्री नआएसम्म शव उठाउन नदिने भन्दै अडान दोहोर्याउँदै आएका छन्। यद्यपि गृह मन्त्री आउने कि नआउने भन्नेवारे स्थानीय प्रशासनले अझै प्रष्ट पार्न सकेका छैन्।
पूर्व पश्चिम राजमार्ग अहिले पनि ठप्प छ। राजमार्ग छेउमा रहेका रुखहरु सडकमा ढालिएका छन् भने सडकमै टेन्ट गाडेर समर्थकहरु प्रदर्शन गरीरहेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर पाँचबाट गत संविधान सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका मियाँको सोमबार राति हतियारधारी समुहले घाँटी काटेर हत्या गरेका हुन्।
'निकै लोकप्रिय थिए मियाँ'
उक्त क्षेत्रमा निकै लोकप्रिय रहेका थिए। नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका मियाँ कांग्रेसकै टिकटबाट ०५६ को स्थानीय निकाय निर्वाचनमा कल्याणपुर वडा नम्बर दुईवाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
लामो समयसम्म कांग्रेसको क्रियाशिल सदस्यका रुपमा कांग्रेससँग जोडिएका मियाँ गत संविधान सभाको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। उक्त क्षेत्रमा मियाँको लोकप्रियताकै कारण मियाँले संविधान सभा निर्वाचनमा अपत्याशित नतिजा हात पारेको उनका राजनीतिक सहकर्मी पूर्व सभासद विषेन्द पासवान बताउँछन्। सामाजिक कार्यमा निकै सक्रिय रहेको उनका निकटस्थ बताउँछन्।
विक्रम सम्बत २०१५ सालमा जन्मिएका मियाँ पेशाले इटा व्यवसायी हुन्। उनको सप्तरी र सुनसरी दुई वटा ईटा भट्टा रहेनुका साथै सप्तरीमै एउटा पेट्रोल पम्पसमेत छ। तर पछिल्लो पटक उनी बिरामी भएपछि सुनसरीस्थित न्यू स्टिल इटा उद्योग र सप्तरीको कल्याणपुरस्थित हुमा आयल ट्रेडर्स बन्द गरिदिएको उनका भाइ इसराईले नागरिकलाई बताए।
राजनीतिक सहकर्मीहरुद्वारा गहिरो शोक
यसैबीच पूर्व सभासद सदरुल मियाँको निधनप्रति विभिन्न राजनीतिक दलले शोक तथा दुःख प्रकट गर्दै मिश्रीत प्रतिक्रिया जनाएका छन्। मियाँ हत्याको खवर पाएलगत्तै उनका राजनीतिक सहकर्मी तथा विभिन्न दलका केन्द्रीय तथा स्थानिय नेताहरु घटना स्थल पुग्ने क्रम अझै जारी छ। पूर्व मन्त्री तथा फोरम लोकतान्त्रीकका नेता मृगेन्द्रकुमार सिंह यादव, एकीकृत माओवादी मिथिला राज्य समिति संयोजक विश्वनाथ प्रसाद साह, फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, एकिकृत नेकपा माओवादी निकटका मुश्लिम मुक्ति मोर्चाका मिथिला राज्य संयोजक कलामा खाँ, सभासद विषेन्द्र पासवान, पुर्व राज्य मन्त्री अनिस अन्सारी सहितका नेताहरु समेत घटना स्थलमा पुगी पिडित परिवारजनलाई सान्तवना दिदै प्रहरी प्रशासनलाई गम्भीरता पूर्वक घटनाको अनुसन्धानमा जुटेर दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन्।
यता मुश्लिम नेताहरु भने यस घटनालाई नेपालमा मुश्लिमहरुको शृङ्खलाबद्ध हत्यासँग जोडेर देखिरहेका छन्। घटना स्थल पुगेका मुश्लिम संघ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मद नजिमुद्दिले राज्यको रवैया मुश्लिम प्रति सधैनै संदिग्ध रहेको बताउँदै राज्यकै निरीहताकै कारण पुनः एक मुसलमान मारिएको उनको भनाइ छ। 'विसुद्ध राजनीतिक कारणले मियाँको हत्या गरिएको हो', निजामुद्दिनले भने,'मुश्लिम हकहअधिकारका वारेमा अलिकति बोल्न खोज्ने, संगठित हुन खोज्नेलाई नेपालमा यसरी नै मार्ने गरेको इतिहासै छ, यो घटना पनि त्यही इतिहासको एउटा अध्याय हो।'
यसैगरी एकिकृत नेकपा माओवादी निकटका राष्ट्रिय मुश्लिम मुक्ति मोर्चा मिथिला राज्य समितिका संयोजक कलाम खाँले एक पछि एक मुश्लिम नेताहरुको हत्या भईरहेको बताउँदै खाँले मुश्लिहरुको सुरक्षाप्रति राज्य गम्भीर वन्नु पर्नै आवश्यक्ता माथि जोड दिएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.