भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सम्पत्ति शुद्धिकरण विभागले स्रोत नखुलेको सम्पत्ति थुपारेको अभियोगमा गणेश लामाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। उनीसँग २७ करोड एक लाख अवैध सम्पति रहेको उजुरीमा दावी गरिएको छ। यसअघि 'डन'हरु चक्रे मिलन, दिपक मनाङ्गे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। गरिकन्युजकर्मी केपी ढुंगानाले विशेष अदालत परिसरबाट जनाएअनुसार लामो अनुसन्धानपछि उनीहरु विरुद्ध मुद्दा दर्ता भएको हो। अभिषेक गिरीसँग २ करोड ९४ लाख अवैध रकम रहेको उजुरीमा उल्लेख छ। त्यस्तै चक्रे मिलनसँग ७ करोड ८ लाख, पर्शुराम बस्नेतसँग ११ करोड ४१ लाख र दीपक मनाङ्गेसँग १४ करोड ७३ लाख रुपियाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दावी उजुरीमा छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.