भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हेटौंडा, जेष्ठ ५ - मकवानपुरको एक गाविसमा आलु नरोपीकन फल्ने गरेको छ । यसरी उत्पादन भएको आलु स्थानीयले बिक्री गर्ने गरेका छन । जिल्लाको सबैभन्दा सानो गाविस कोगटेका बासिन्दाले खेतबारीमा आलु रोप्दैनन् । आफैं उत्पादन हुने गर्छ । कोगटेको आलु भीमफेदी र हेटौंडाका बासिन्दाबीच लोकपि्रय छ । 'कोगटेको आलु पाएसम्म अरू आलु खाँदैनौं,' भीमफेदी बजारका बासिन्दा माधवलाल श्रेष्ठले भने, 'कोगटेको आलु अर्गानिक छ, त्यसैले त्यहाँको आलु सबैले मन पराउँछन् ।' अधिकांश मगर समुदायको बसोबास रहेको कोगटेमा आलु रोप्ने चलन छैन । वैशाख-जेठ भएपछि आलु आफैं खेतबारीमा उमि्रन्छ । 'असार पहिलो सातादेखि स्थानीयले आलु खन्ने गर्छन्,' गाविस सचिव विष्णु खतिवडाले भने, 'अन्य गाविसका बासिन्दाले रोपेको आलुभन्दा कोगटेको आलु खरिद गर्न व्यापारी लालायित हुने गरेका छन् ।' यहाँ उत्पादन भएका आलु साना दानाका हुन्छन् र महँगोमा बिक्छन् । अहिले कोगटेका बारीलाई नरोपिएको आलुको बोटले हरियाली बनाएको छ । 'यहाँ आलु रोप्नै पर्दैन, त्यसै उमि्रन्छ,' कोगटेका ७० वषर्ीय थिरबहादुर आलेले भने, 'यो मगरको धर्मले यस्तो भएको हजुर ।' कोगटे गाविसमा करिब ९५ प्रतिशत मगरको बसोबास छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.