Widgets

Home » » मोबाइलले घटायो क्यामेरा बिक्री

मोबाइलले घटायो क्यामेरा बिक्री

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मोबाइलले घटायो क्यामेरा बिक्री

फोटो खिच्न मिल्ने सुविधा मोबाइलमै उपलब्ध हुन थालेपछि सानो आकारका क्यामेराको बिक्री कम भएको छ। पछिल्लो समय नेपालमा स्मार्टफोन बिक्री बढेसँगै व्यक्तिगत प्रयोजनमा उपयोगी 'कम्प्याक्ट क्यामेरा'को बजार घटेको हो। उस्तै मूल्यमा धेरैथरी सुविधा भएको मोबाइल पाइन थालेपछि साना क्यामेराको बिक्री घटेको व्यवसायी बताउँछन्। '१ वर्षअघिसम्म महिनामा ५ सयवटा कम्प्याक्ट क्यामेरा बिक्री हुन्थ्यो,' क्यानन क्यामेराको अधिकृत बिक्रेता प्राइम्याक्स इन्टरनेसनलका बजार व्यवस्थापक दिनेश अग्रवालले भने, 'अचेल महिनामा २ सय ४० वटा जति बिक्री भइरहेको छ।' न्युरोडको रोयल ट्रेडका प्रबन्ध निर्देशक सचिन अग्रवालका अनुसार नेपाली बजारमा सानो आकारका डिजिटल क्यामेरा ८ देखि ६६ हजार रुपैयाँमा पाइन्छ। उनका अनुसार यही हाराहारीमा मोबाइल फोन सेट पाइनाले क्यामेराप्रति उपभोक्ताको आकर्षण घटेको हो। विभिन्न ब्रान्डका क्यामेरा बिक्री गर्र्ने अग्रवाल भन्छन्, 'अहिले साना क्यामेराको बजार छैन भन्दा पनि हुन्छ।' क्यानन, सोनी, निकोन, सामसङ लगायत ब्रान्डका क्यामेरा नेपाली बजारमा उपलब्ध छन्। अहिले कुनै पनि ब्रान्डका क्यामेराको बिक्री राम्रो नभएको न्युरोडका डिजिटल क्यामेरा व्यवसायी रवि भाथवालले बताए। 'राख्न र बोक्न सजिलो हुने तथा गुणस्तर र मूल्य पनि फरक नपर्ने भएपछि धेरैले मोबाइलकै क्यामेराबाट काम चलाउन थालेका छन्,' उनले भने। व्यवसायीका अनुसार सामान्य मोबाइल सेटदेखि स्मार्टफोनमा ४ देखि १३ मेगापिक्सेल क्षमताको क्यामेरा हुन्छ। सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेस (आइएमएस)का दीपक मलहोत्राका अनुसार नेपालमा सन् २०११ मा १० हजार स्मार्टफोन बिक्री भएको थियो। लोकप्रियता बढ्दै गएपछि २०१२ मा ९० हजार पुग्यो। अहिले स्मार्टफोनको माग अत्याधिक बढिरहेको उनी बताउँछन्। '२०१३ मा हामीले मात्रै २ लाख स्मार्टफोन बेच्ने लक्ष्य राखेका छौं,' उनले भने। स्मार्टफोनको लोकप्रियता बढ्नु यसमा हुने एप्लिकेसनका साथै क्यामेराको गुणस्तर पनि भएको उनी बताउँछन्। सामसङका मोबाइलमा ४ देखि १२ मेगापिक्सल हुन्छ। सामसङ स्मार्टफोन १२ देखि ७० हजार रुपैयाँसम्ममा पाइन्छ। प्रतिमहिना २५ हजार बिक्री हुने नोकियाको स्मार्टफोनमा पनि गुणस्तरीय क्यामेरा छ। नोकिया ७००, नोकिया ७०१, नोकिया एन एट, एन नाइनदेखि लुमियासम्मका स्मार्टफोनमा १२ मेगापिक्सलसम्मको क्यामेरा हुन्छ। कलर्स, सोनी, एलजी,जिफाइभलगायत मोबाइलमा पनि क्यामेरा सुविधा छ। डिएसएलआरको बढ्दो साना क्यामेराको बिक्री घटे पनि नेपालमा डिएसएलआर क्यामेराको बिक्री बढेको व्यवसायी बताउँछन्। सामान्य फोटो मोबाइलबाटै खिचे पनि ठूला कार्यक्रम र घुमफिरका तस्बिर लिन ठूलै क्यामेरा प्रयोग गरिन्छ। फोटोग्राफीमा व्यावसाकिता बढ्दै जाँदा डिएसएलआर क्यामेराको बिक्री बढेको प्राइम्याक्स इन्टरनेसनलका बजार व्यवस्थापक दिनेश अग्रवालले बताए। '१ वर्षअघि डिएएलआर क्यामेरा महिनाको ३० वटा बिक्री हुन्थ्यो भने अहिले महिनाको ५५ वटा बिक्री भइरहेको छ,' उनले भने, 'नेपालमा डिएसएलआर क्यामेरामा प्रतिस्पर्धा नभएका कारण पनि क्याननका डिएसएलआर क्यामेराको बजार एकलौटी जस्तै छ।' क्याननको प्रतिस्पर्धी निकोनको नेपालमा आधिकारिक बिक्रेता छैन। व्यवसायीले बाहिरबाट मगाएर यसको बिक्री गरिरहेका छन्। ठूला क्यामेरामा व्यापार केही राम्रो देखिएको व्यवसायी सुरज चन्दले बताए। नेपाली बजारमा डिएसएलआरको मूल्य ४५ हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger