Widgets

Home » , » रिसाहा व्यक्तिलाई हृदयघातको बढी खतरा

रिसाहा व्यक्तिलाई हृदयघातको बढी खतरा

Written By sangalo on Monday, March 10, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्वास्थ्य अनुसन्धानकर्मीहरुले सन्की र रिसाहा व्यक्तिमा हृदयघात बढी हुने गरेको बताएका छन् । हृदयघातको दुई घन्टाअघिको अवस्था निकै खतरा भएको उनीहरु बताउँछन् । तर, मानसिक तनाव वा अत्यधिक रिस उठ्ने बानी नियन्त्रण गरे हृदयघातको जटिल नतिजाबाट जोगिन सकिने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । हृदयघातको खास कारण अझै प्रष्ट खुलेको छैन’ बि्रटिस हर्ट फाउण्डेसनका डोरेन म्याडक भन्छन्-’तर रिस, तनाव आदिको कारणले हुने शारीरिक परिवर्तन पनि कारक हो । यसको जैविक विश्लेषण हुन जरुरी छ ।’ मुटुको रोगीहरु पनि हृदयघातको खतरामा पर्ने गरेको युरोपियन हर्ट जर्नलमा लेखिएको छ । असाध्यै रिसाएको पछिल्लो दुई घन्टाको अवधि हृयघात हुने सम्भावना पाँच गुणा बढी हुने तथ्य पनि यसमा उल्लेख गरिएको छ । हावर्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्मीहरुका अनुसार बेलायतमा वर्षेनि १० हजार व्यक्ति हृदयघातको खतरामा पर्ने गरेका छन् । मुटु रोगबाहेक रिस र तनाव पनि हृदयघातको मुख्य कारण भएको पाइएको छ । दिनमा पाँच पटकसम्म अत्यधिक रिस, तनाव आउनेहरुमा हृदयघातको सम्भावना बढी हुन्छ । बेलायतमा वाषिर्क १० हजारमध्ये ६ सय ५७ जनामा रिस र मानसिक तनावको कारण हृदयघात भएको अनुसन्धानकर्मी डा. एलिजावेथ मस्टोफस्की बताउँछिन् । रिस र मानसिक तनावले रक्तसंचार बढाउने र तनाव रोकथाम गर्न धूम्रपान, मदिरापान अत्याधिक गर्ने हुँदा पनि हृदयघातको खतरा बढ्ने गर्छ । रोकथामको अन्य उपायहरु हृदयघातको खतराबाट जोगिन निम्न सावधानी अपनाउन सकिन्छः -स्वस्थ्यकर आहार -नियमित व्यायाम, योगा -सन्तुलित शारीरिक तौल -धूम्रपान त्याग्ने -मदिरापान नियन्त्रण -चिकित्सकको परामर्शमा मात्र औषधि सेवन

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger