Widgets

Home » , » मान्छेको बोसोबाट नाक र कान बनाउँदै डाक्टरहरु

मान्छेको बोसोबाट नाक र कान बनाउँदै डाक्टरहरु

Written By sangalo on Monday, March 10, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
science ear construction
मान्छेको शरिरमा रहेको बोंसोबाट चिकित्सकहरुले मानव अंग बनाउने तयारी थालेका छन् । लण्डनको ग्रेट अरमण्ड स्ट्रीट अस्पतालका डाक्टरहरुले मानव शरीरको बोसोबाट स्टेम सेल निकालेर अनुहार विकास गर्ने योजाना बनाएका छन् । डाक्टरहरुको एक टोलीले प्रयोगशालामा कार्टिलेज अर्थात नरम हड्डी विकसित गरेका छन्, जुन नाक र कान बनाउन प्रयोग गरिने विश्वास गरिएको छ । नानोमेडिसिन नामक विज्ञान पत्रिकामा प्रकाशित अध्ययन रिपोर्टमा डाक्टरहरुले यो प्रविधी उपचारको क्षेत्रमा क्रान्तिकारी कदम सावित हुन सक्ने बताएका छन् । यद्यपि यसमा अझै धेरै काम गर्न बाँकी रहेको उनीहरु बताउँछन् । डाक्टरहरु यसमार्फत मोइक्रोटिया जस्ता समस्याको उपचार गर्न चाहन्छन् । जसमा मानिसको कानको बाहिरी भाग सही रुपमा विकसित भएको हुँदैन । अहिले माइक्रोटियाको उपचारका लागि बच्चाको करङबाट कार्टिलेज लिएर कान बनाइन्छ र बच्चामा प्रत्यारोपण गरिन्छ । जसका लागि धेरै अपरेशन गर्नुपर्छ । यसले छातिमा स्थायी दाग बनाउँछ भने करङबाट निकालिएको कार्टिलेजको कहिलै पूर्ति हुँदैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger