भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
क्यानडाको सर्वोच्च अदालतले प्रेमिकासँग शारीरिक सम्बन्ध राख्ने क्रममा कण्डोम प्वाल पर्ने एक व्यक्तिलाई यौन हिंसामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलालाई सही ठहर गरेको छ ।
अब उनीमाथि डेढ वर्षसम्म कैद र यौन अपराधीका रुपमा पन्जिकृत हुन सक्नेछ । सर्वोच्चले आफ्नो फैसलामा भनेको छ-’कुनै महिलालाई यो फैसला गर्ने अधिकार छ कि सहमतिमा संभोग गर्ने क्रममा उसलाई केसरी छुने र कसरी सेक्स गर्ने ।’ अदालतले भनेको छ-’उजुरीकर्ताको साथीले जानिबुझी धोका दिए । उनले त्यसरी सम्भोग गरेन, जसका लागि सहमति भएको थियो ।’
अदालतले दस्तावेजका अनुसार सन् २००६ मा प्रेमिकाले आफ्नो एक महिने सम्वन्धमा आशंका गरेपछि ४३ वषर्ीय हचिनसजनले कण्डोममा प्वाल पारेका थिए । प्रेमिका गर्भवती भएपछि उनको एसएमएसको माध्यमबाट आफ्नो गल्ती स्वीकार गरेका थिए ।
अदालतले महिलाको पहिचान गोप्य राखेको छ । ती महिलाले पछि गर्भवपत गरेकी थिइन् र प्रहरीमा उजुरी दिएकी थिइन् । हचिनसनमाथि २००७ मा यौन अपराधको आरोप लागेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.